डेगी उपचारमा ‘हामी धराने अभियान’ ले किटसहित विभिन्न औषधी सहयोग

18.7k Shares

धरान । सुनसरी उद्योग वाणिज्य संघले सुरु गरेको निशूल्क डेगी शिविरमा सहयोग जुट्न थालेको छ ।  विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले शिविरमा आवश्यक औषधी तथा किटहरु सहयोग गर्दै आएका छन् । संघ सञ्चालन गरेको शिविरमा काडठमाडौमा रहेका धरानेहरुले डेगी परिक्षण किट सहित विभिन्न औषधी सहयोग गरेका छन् । काडमाडौमा रहेका धरानेहरुको संस्था हामी  धराने  संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको हो ।

janu.jpg
संस्थाले ६सय ५०  डेगी परिक्षण किट सहित सिटामोटल, स्लाइन लगाएत डेगी सक्रमितहरुलाई आवश्यक औषधी सहयोग गरेको हो ।  संस्थाका  सचिव विनोद श्रेष्ठको नेतृत्वको रोजेश शाक्य लगाएतको ४ सदस्य टोलीले शिविर स्थलमा पुगेर किट तथा औषधी हस्तान्तरण गरेको थियो । श्रेष्ठको नेतृत्वको टोली संघका अध्यक्ष विजय श्रेष्ठ, पुव अध्यक्ष सरोज श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलाई किट तथा औषधी हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संघका सदस्य पदाधिकारी सगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर विक्रम श्रेष्ठ लगाएको उपस्थिती रहेको थियो । धरानमा डेगीको महामारी फैलिएको र उपचारमा समस्यमा भएको विभिन्न सञ्चार माध्यमवाट आफुहरुले थाहापाए पछि संस्थाका संयोजक संगम श्रेष्ठ र अग्रज राजेन्द्र श्रेष्ठ (गणेश वनेपालि)को नेतृत्वमा काठमाडौमा रहेका धरानेहरु सग सहयोग संकलन  अभियान सुरु गरेको संस्थाका सचिव विनोद श्रेष्ठले वताए । उनले उहाहरुको नतृत्वो रकम संकलन गरि किट तथा औषधी खरिद गरि  धरान लिएर आएको जानकारी दिए । उनले वसोवासको हिसावले मात्र अहिले काठमाडौमा रहेका वताउदै उनले आफुहरु धरान वाहिर नरहेको वताए  ।  आपत विपतको समयमा मात्र नभई  धरानको  विकास निमार्ण समेत आफूहरु सधैव धरानको साथमा रहेका उनको भनाई थियो । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले हामी धरानले संस्था सगै काठमाडौमा रहेको सहयोगी धरानेहरुलाई धन्यवाद दिए ।

 

सम्बन्धित समाचार