जनकपुरधाम । धनुषा जिल्लाबाट हुने तस्करीमा राजिव महासेठकाे एकछत्र सिन्डिकेट रहेको छ । दुहबी बाेर्डरमा आफ्नो घर रहेको फाइदा उठाउंदै उनको दैनिक १० पिकअप अर्थात झण्डै २०० पाेका कपडाको तस्करी धन्दा चल्दै आइरहेको छ । धनुषामा उनको आमालाई चाची भनेर चिनिन्छ । त्यसैले प्रहरी प्रशासनमा चाचीलाई लाइन दिएको भनिन्छ । भन्सार छलेर तस्करीकाे कपडा दुहबीबाट तिनकाैरयाकाे बाटो हुदै सवेला पुग्छ । त्यसपछि जनकपुर, महेन्द्रनगर, ढल्के, बिरेन्द्रनगर हाइवे हुदै सेटिङमा ट्रकमा लाेड गरि काठमाडौं लगायतका अन्य शहरमा पठाउने काम हुदै आएको छ । यसरी तस्करी गरेवापत नेपाल प्रहरीकाे एसपीलाई १० लाख, सशस्त्रको एसपीलाई १५ लाख, प्रहरीकाे डिआइजीलाई ५ लाख र सशस्त्रको डिआइजीलाई ५ लाखको दरले मासिक दिएर तस्करीकाे सेटिङ चलिरहेको छ । सशस्त्रको डिअाइजीकाे भाग घुमुवा सन्तोष यादवले लिएर दिदै आएको छ । तस्करीकाे सामान बाेकेकाे ट्रकको स्कटिङ गर्ने काम पनि सशस्त्रको घुमुवा सन्तोष यादवले गर्दै आएका छन् ।
यसबाहेक मैनाथपुर स्थित सशस्त्रको डिएसपी मदन धानुकले मासिक चार लाख लिने गरेको समेत यहाँका व्यापारीहरू बताउँछन् । राजिव महासेठलाई तस्करीका लागि बाेर्डर खुला रहेको छ । चाचीकाे किराना पसल रहेको छ । उक्त पसलमा किरानाकाे तस्करीकाे सामान अाेसार्न धेरै माेटरसाइकल राखेको छ । तिनै माेटर साइकलमा चिनी र रजनीगन्धा, रामनिवास लगायतका सामानको ठूलो तस्करी हुदै आएको छ ।
तस्करी गरेर राजिवले मासिक झण्डै पाँच करोड कमाउने गरेको समेत यहाँका व्यवसायीहरू बताउँछन् । तस्करीकाे रकमले उनलेे जनकपुरमा ७५ करोड भन्दा बढीको सम्पत्ति खरिद गरिसकेको समेत उनीहरूकाे भनाइ छ। आमाले व्याजमा रकम लगानी गर्ने गरेको समेत खुलेको छ । तस्करीकाे लागि दर्जनौं गुण्डा समेत उनले राखेका छन् ।