सिंहदरबारमा सर्वदलीय बैठक, केपी ओली अनुपस्थित

22k Shares

काठमाडौं, ३ भदाै । संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको आह्वानमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, रास्वपा सभापति रवि लामिछाने, प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतकी अनितादेवी साह सहभागी छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा  कार्यव्यस्तताका कारण एमाले अध्यक्ष केपी ओली भने अनुपस्थित छन् ।

सम्बन्धित समाचार