बलात्कारको आरोपमा बर्दियामा ५३ बर्षिया पुरूष पक्राउ

16.5k Shares

बर्दिया । बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ ।

मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो ।

सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सुचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । उनी माथी अनुसन्धान जारी छ ।

सम्बन्धित समाचार