ललितपुर । बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जन अस्पतालमा भर्ना भएका छन् । नशाको समस्याका कारण अस्पतालमै भनाई भई उपचार गर्नुपर्ने भएको हुँदा महर्जन यतिखेर सुमेरु अस्पताल धापाखेलमा भर्ना भएका हुन् ।
सांसद महर्जनलाई नेपाली कांग्रेस सभापति पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति एबम् कानुन मन्त्री धनराज गुरुङ, महामन्त्री तथा माननीय माननीय गगन कुमार थापा, अर्का महामन्त्री तथा माननीय बिश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य तथा माननीय शंकर भण्डारी, बागमती प्रदेश संसदीय दल नेता एबम् आन्तरिक मामिला मन्त्री बहादुर सिं लामा, बागमती प्रदेश सभा सभापति माननीय ईन्द्रबहादुर बानियाँ, केन्द्रीय सदस्य माननीय कुन्दन काफ्लेलगायत थुप्रै केन्द्रीयस्तरका नेताहरु तथा माननीयहरुले अस्पतालमै उपस्थित भई शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेका छन् ।
त्यस्तै ललितपुर जिल्ला नेताहरुलगायत सयौं कार्यकर्ताहरुले अस्पतालमै गएर शिघ्र स्वास्थ लाभको कामना व्यक्त गरेका छन् । सांसद महर्जन ललितपुर जिल्लाका लोकप्रिय नेताको रुपमा परिचित छन् । राजनीतिक भेटघाट र धपेडीका कारण बिरामी परेको अस्पतालका चिकित्सकले बताए । सांसद महर्जन केही दिन आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।