19k
Shares
बाजुरा, २ भदौ । बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन्।
जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्। बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो।
भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ।
भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।