17k
Shares
जुम्ला, ३२ साउन । जुम्लाको आज हिमा नदीले बगाउँदा एक किशोरीको ज्यान निधन भएको छ।
कनकासुन्दरी गाउँपालिका–६ मा बालुवा निकाल्ने क्रममा हिमा नदीले बगाउँदा स्थानीय १८ वर्षीया मैना सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नदीको लौडीसेन भन्ने ठाउँमा बालुवा निकालिरहेका बेला नदीमा आएको छालले मैनालाई बगाएको थियो।
मृतक बालिका कनकासुन्दरीको पाण्डवगुफा मावि कोटघरमा कक्षा १० मा अध्ययनरत रहेको कनकासुन्दरीका अध्यक्ष दामोदर आचार्यले बताए।