16.1k
Shares
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आज देशव्यापी रुपमा विरोध प्रर्दशन गरेको छ । 
सोही क्रममा ललितपुरमा पनि प्रधानमन्त्री केपी शमां ओलीको असंवैधानिक कदमको विरोधमा विरोध प्रर्दशन भएको छ । सो प्रदर्शनमा जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्व राष्ट्रिय सभा सदस्य धन खतिवडा, नेपाली कांग्रेस खेलकुद विभाग सचिव एवम् युवा नेता मीन कृष्ण महर्जन, तरुण दल अध्यक्ष जितजंग बस्नेतलगायत हजारौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
जावलाखेलबाट सुरु भएको हजारौं नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएको विरोध ¥याली लगनखेलमा आई सभामा परिणत भएको थियो । 
