चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

19.3k Shares

दाङ, २८ साउन । चेक बाउन्स मुद्दाका फरार प्रतिवादी दाङबाट पक्राउ परेका छन्।

दाङ जिल्ला अदालतबाट चेक बाउन्स मुद्दामा दोषी ठहर भई फरार भएका घोराही उपमहानगरपालिका–१६ लेटारका ३१ वर्षीय वीरेन्द्र खड्का प्रहरीले पक्राउ गरेको हो।

अदालतले ०७९ असार ३० गते दोषी ठहर गरी दुई वर्ष जेल सजायको फैसला गरेमा उनी फरार रहेका थिए।

उनलाई शुक्रबार घोराही–१४ गोर्खा हस्पिटल रोडमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी दाङले जनाएको छ।

सम्बन्धित समाचार