ललितपुर । क्षितिज स्कूलद्धारा 'इन्टर-हाउस डान्स कम्पिटिसन तथा क्लब डे' भव्यताका साथ सम्पन्न भएको छ । आज शुक्रबार स्कूलकै परिसर ललितपुरको हरिसिद्धीमा आयोजना भएको उक्त कार्यक्रम स्कुलका विद्यार्थीहरुकै बिभिन्न प्रस्तुतीबीच समपन्न भएको हो । बिहान ११ बजे शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा ललितपुर महानगरपालिका वडा नं. २८ का महिला सदस्य तथा महानगर कार्यपालिका सदस्य शारणलक्ष्मी महर्जन उपस्थित हुनुहुन्थ्यो भने डान्स कम्पिटिसकाे ज्यूरिजकाे रूपमा सूर्य कार्की र सुमित परियार रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता स्कुलका प्रिन्सिपल भुवन महर्जनले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कक्षा नाै का छात्रा जेनीशा महतले दिनुभएको थियो ।
कार्यक्रममा स्कूलका विद्यार्थीहरुले राष्ट्रिय पोशाकमा विभिन्न भाकामा नृत्य तथा गायन प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई स्कूलले अवार्ड र प्रमाणपत्रद्धारा सम्मान प्रदान गरेको थियो । संख्यामा चारसय बढी विद्यार्थीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा 'माइन्ड हाउस' विजय टिम बन्न सफल भएको थियो भने फस्ट रनरअपमा 'स्पीरीट हाउस' त्यस्तै सेकेण्ड रनरअपमा 'बडी' र तेस्रो रनरअपमा 'हर्ट हाउस' बिजयी बन्न सफल भएका थिए । अपरान्ह १ बजेसम्म आयोजना भएको उकत कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाएका थिए । साेही दिन इन्टर हाउस डान्स कम्पिटिसन तथा क्लब-डे सहित विद्यालयमा 'ग्रीन डे' पनि मनाइएकाे थियाे । समयसापेक्ष क्षितिज स्कूलले विद्यार्थीहरुका लागि विभिन्न अवसरमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।














