काठमाडौँ । काठमाडौँको चक्रपथ चोकमा सोनी सेन्टर अफ डान्सको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । अपरान्ह २ बजे शुरु भएको उकत उद्घाटन आज बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । कार्यक्रमा प्रमुख अतिथीका रुपमा बरिष्ठ चलचित्र निर्देशक तथा नेपाल चलचित्र नृत्य संघका निवर्तमान अध्यक्ष बसन्त श्रेष्ठ हुनुहुन्थ्यो भने बिशिष्ट अतिथीका रुपमा बरिष्ठ नृत्य निर्देशक तथा नेपाल चलचित्र नृत्य संघका पूर्व केन्द्रिय सदस्य श्याम प्रसाद खड्की आउनुभएको थियो ।
अरु अतिथीहरुमा चर्चित तथा बरिष्ठ गायीका सुकमित गुरुङ लगायत कला विज्ञ व्यक्तित्व, समाजका स्रष्टा, अभियन्ता, व्यवसायी, व्यूटिसियन, बुद्धिजीबी तथा पत्रकारहरुलाई डोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व सोनी सेन्टर अफ डान्सका संचालिका तथा बरिस्ठ नृत्यांगी सोनी गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले रातो रिबन काटी सोनी सेन्टर अफ डान्सको उद्घाटन गर्नुभएको थियो भने अरु अतिथीहरुले आ-आफ्नो मन्त्व्यमा डान्सका अध्यक्ष सोनी गुरुङलाई अगामी दिनको सफलताको अग्रीम शुभकामना तथा बधाई दिनुभएको थियो । कार्यक्रम बेलुकी ६ बजे समापन भएको थियो भने कार्यक्रममा आगन्तुक तथा अतिथीहरुलाई जलपानको व्यवस्था पनि गरिएको थियो । कार्यक्रममा सयौँ व्यकितहरुले आफ्नो सहभागीता जनाएको थियो ।









