सदनको अवरोध खुलाउने विषयमा सभामुखसहित शीर्ष नेता छलफलमा

19.2k Shares

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड  पूर्व  प्रधानमन्त्रीहरु शेरबहादुर  देउवा, केपी शर्माओली लगायतको शीर्ष नेताहरु सहभागी छन् ।   

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।  सदन खुलाउन र संसदीय समितिको सभापति चयनबारे समेत निर्णयमा पुग्ने दलहरुको तयारी छ ।

आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक दलहरुबीचको छलफल नसकिएकाले अपराह्न चार बजेलाई सूचना टाँसेर सारिएको छ ।

सम्बन्धित समाचार