पाटनढोका गेटतर्फ चारपांग्रे गाडी जान नपाउने

15.9k Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले माघ २५ गतेबाट चारपांग्रे सवारीसाधनलाई पाटन ढोका गेटतर्फ जान निषेध गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी सवारीचाप र साँघुरो बाटोका कारण सवारी आवागमनको समस्या न्यूनीकरण गर्न बन्द गरेको जानकारी दिएको हो ।

महानगरपालिकाले जारी गरीएको सूचनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौं र ललितपुर महानगरपालिका बीच भएका समन्वयका आधारमा महानगरपालिका अन्तर्गत यूएनपार्क, ज्वागल,चाकुपाटबाट आउने र पाटन ढोका बसपार्कबाट आउने चारपांग्रे सवारी साधनहरु माघ २५ गते आइतबारबाट पाटनढोका (गेट) तर्फ जान निषेध गरिएको छ ।भनिएको छ ।

सम्बन्धित समाचार