जनकपुरधाम । धनुषाबाट तस्करी धन्दा सुचारू भैरहेको छ । सशस्त्रको गणको घुमुवा असई र महिनाथपुरको घुमुवा हटेपनि भन्सार बेशको घुमुवा भने अझै हटाइएको छैन । भन्सार सुरक्षा बेशबाट सिपाही सरोज कुमार साहलाई घुमुवाको रूपमा परिचालन गरिएको छ । त्यसैगरी रेलवे सुरक्षा गुल्मबाट हवल्दार अरूण गोसाईलाई घुमुवाको रूपमा परिचालन गरिएको छ । तस्करीको सामान यी घुमुवाहरूले स्कटिङ गरेर जनकपुर बजारसम्म पु¥याउने काम गरिरहेका छन् ।
नेपाली रेल भारतको जयनगरदेखि जनकपुर कुर्थासम्म चल्ने भएको हुदां रेल मार्फत भारतबाट तस्करीको सामानहरू ल्याउन सहज भएको छ । लत्ताकपडा, किराना, हार्डवेयर, सुर्तीजन्य सामाग्रीको अत्यधिक तस्करी हुदै आएको छ । रेलबाट हुने तस्करी धन्दाको संरक्षण रेल सुरक्षा गुल्मका डिएसपी धन बहादुर राणाले राखेका घुमुवा हवल्दार अरूण गोसाई र भन्सारका घुमुवा सरोज साहले गर्दै आएका छन् । रेल मार्फत तस्करी धन्दा गर्नेहरूमा धर्मेन्द्र, रेणु, गुलाफ, सैमुन, गीता, सरिता, सुदिप, लालबाबु मुख्य रहेका छन् ।