सानुभाई उर्फ युवराजलाई महाराजगन्जको प्रहरी संरक्षण, पक्राउ परे लगत्तै मेज रेष्टुरेन्टका मालिक राजन लामाको सेटिङमा छुटे

19k Shares

काठमाडौं । सामाखुसी, बसपार्क, गोंगबु, धापासी, ग्रिनल्याण्ड क्षेत्रलाई आफ्नो पकेट एरिया बनाएर गुण्डागर्दी गर्दै आएका सानो भाइ भन्ने युवराज गुरूङलाई प्रहरीका केही अधिकारीको संरक्षण र साथ रहेको थप पुष्टि भएको छ । अहिले ठमेलस्थित ओम्निया क्लबको कुटपिट काण्डमा जोडिएका युवराजलाई महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेर मातहतले बुझाउंदा पनि कुनै कारवाही नगरी स– सम्मान छोडेको भेटिएको छ । केही महिना अगाडि मात्रै नयाँ बसपार्क स्थित एक दोहोरी रेष्टुरेन्टमा युवराज गुरूङ सहितको टोलीले ठूलो झैझगडा गर्दा प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक इश्वर लौडारीले युवराज समेतलाई पक्राउ गरि मुद्दा चलाउन महाराजगन्ज वृत्तमा पठाएका थिए । तर महाराजगन्ज प्रहरीले कारवाही त परैजावोस ज्वाईं राखे जस्तो गरि राति राम्रोसँग सुताएर भोलि पल्ट बिहानै छोडिदियो । वृत्तका मुद्दाका तत्कालीन प्रहरी निरीक्षक सुरेन्द्र तामाङको सेटिङमा डिएसपी अंगुर जिसीले उनलाई छोडेका थिए । 
युवराजलाई छुटाउने सबै व्यवस्थापन धापासी दाहाल गौडा स्थित मेज रेष्टुरेन्टका मालिक राजन लामाले गरेका थिए । मेज रेष्टुरेन्टका मालिक राजन लामा पनि नुवाकोटका हुन । उनको निरीक्षक सुरेन्द्र लामासंग अति नजिकको सम्बन्ध मात्रै होइन मुद्दामा परेका र थुनामा रहेकालाई समेत उनले छुटाउने काम गर्ने गर्दछन । अहिले पनि उनको सेटिङ महाराजगन्ज प्रहरी वृत्तमा ठूलो रहेको छ । राजनको गाडी वृत्तको गेटमा पुग्न नपाउंदै आरपीले जय नेपाल ठोकेर गेट खोलि भित्र पठाउनुपर्ने स्थायी आदेश छ । मानौ उनी नेपाल प्रहरीका डिआइजी , एआइजी हुन । जबकि राजनको इतिहास पनि सधैं यस्तै बिबादास्पद नै छ । तर पनि उनलाई प्रहरी कार्यालयमा उच्च सम्मान गरिएको देख्न पाइन्छ । त्यसको पछाडि के मक्सद छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । दस बर्षअघि सम्म गोंगवुमा बालुवाको बिल काटेर बस्ने राजन अहिले कसलाई थुनाउने वा छुटाउने मात्रै होइन सरर गाडी लिएर प्रहरी कार्यालय भित्र जाने हैसियतमा मात्रै होइन उनले मेज रेष्टुरेन्टमा एसएसपी , एसपी र डिएसपीको मदिरा र खाजा खाने अखडा नै बनेको छ । अरूको रेष्टुरेन्ट १० बजे बन्द हुदाहुदै राजनको रेष्टुरेन्ट दुई बजे सम्म खोल्न छुट रहेको मात्रै होइन बस्तीका बीच धेरै होहल्ला भएको भनेर स्थानीयले उजुरी गर्दा कुनै सुनुवाइ हुदैन । जबसम्म गुण्डागर्दी , आर्थिक अपराधमा संलग्न भएकालाई प्रहरीको संरक्षण र साथ रहन्छ तबसम्म अपराध घट्दैन भन्ने यथार्थ कसैबाट छिपेको छैन । 
हत्कडीसहित सडकमा 
ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको थियो । ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काँउदा प्रहरीले हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाएको हो । प्रहरीले सानुभाइसँगै टोखाका बिक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै बिक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको हो ।हत्कडीसहित प्रहरीले डुलाएका गुरुङ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय थिए । घैंटे प्रहरी मुठभेडमा २०७२ भदौ ३ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार, पुस २०७२ पुस २५ मा उनी नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ २०६७ कात्तिक ७ कात्तिक मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २०७७ कात्तिक २६ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए । उनै गुरुङले १५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ । गुरुङले भने शेयरको पैसा माग्न गएको दाबी गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग नजिकको सम्बन्ध बनाएका युवराज गुरुङ उर्फ सानोभाइको नुवाकोट ककनी गाँउपालिका घर हो ।राजेन्द्रसहित अन्य कर्मचारी तथा बाउन्सरमाथि हातपात गरेको सीसीटिभी फुटेजमा प्रष्टै देखिन्छ । २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेका थिए । तर, राजनीतिक दबाबकाबीच सानोभाइमाथि त्यतिबेला कुनै कारबाही भएन । कांग्रेस महामन्त्री थापासँग नजिकको सम्बन्ध बनाएका उनले राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका छन् ।२०७७ कात्तिक २६ मा डिस्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डिस्को काठमाडौंका संचालक राज गुरुडमाथि सांघातिक आक्रमण गर्ने पनि उनै सानोभाइ नै थिए । युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ (राज) लाई उक्त समूहले आक्रमण गरेको थियो । थिए । घलेले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि घले समूहले उनीमाथि आक्रमण गरेको थियो । उनको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो भने २०७९ को माघमा गोर्खास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका उनले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए ।उनै सानोभाइ र शैलेश श्रेष्ठले २०७७ फागुन ७ मा बीपी स्मृति भवन नुवाकोटको उद्घाटन गराउन आफ्नै खर्चमा गगन थापालाई हेलिकोप्टरमा लगेका थिए । गुण्डा नाइके सानोभाइलाई गगन थापासँग नजिक गराउने पात्र हुन् शैलेश श्रेष्ठ । भक्तपुर बस्ने श्रेष्ठ मिटरब्याजका नाइकेका रुपमा चिनिन्छन् । श्रेष्ठको प्रहरीका उच्च अधिकारीहरुसँग नजिकको सम्बन्ध रहँदै आएको उनले नै सामाजिक सञ्जालहरुमा पोष्ट गरेका तस्विरहरुबाट पुष्टि हुन्छ ।

सम्बन्धित समाचार