किर्ते कागज खडा गरी एक्कल नाममा रहेको जग्गा खाने दाउ गरेका पटेल कारागारभित्रै चलखेल गर्दै

18.5k Shares

काठमाडौं । राजनीतिक दलको आडमा शक्तिको दुरुपयोग गर्दै नेताहरुले के सम्म गर्दो रहेछन् भन्ने कुरा बाराका एक नेताले गरेको हर्कतबाट पुष्टि भएको छ । जनता समाजवादी पार्टीका बारा जिल्ला अध्यक्ष अजय पटेलले काठमाडौंका विजयमणी दिक्षितको स्वामित्वमा रहेको १० विघा जग्गा पार्टीको झण्डा गाडेर शक्तिको दुरुपयोग गरी स्थानीय गुण्डा परिचालित गर्दै जग्गा कब्जा गरेको समाचार विभिन्न संचारमाध्यममा समाचारहरु प्रकाशित भइसकेका छन् ।

सो जग्गा कब्जा गरेको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौको टोलीले विशेष अनुसन्धान गरी दोषी ठहर पाइएपछि ४५ वर्षीय पटेललाई फिल्मी शैलीमा आफ्नो नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ । मालपोत कार्यालयको मिलेमतोमा बारास्थित ६० करोड बढी रकमको जग्गाको किर्ते कागज खडा गरी पटेलले पार्टीको झण्डा गाडेर कब्जा जमाएका थिए । पटेल अहिले पुर्पक्षका लागि बीरगंज कारागारमा रहेका छन् ।

पटेलले परवानीपुरस्थित कित्ता नम्बर ४१ को ६ बिघा, वडा नम्बर ८ कित्ता नम्बर १३४७ को ३ बिघा र कित्ता नम्बर १४८०, १०७८ र १४७९ गरी १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरी १० बिघा १५ कठ्ठा क्षेत्रफल रहेको जग्गा शक्तिको दुरुपयोग गरी हुँदै नभएको मोहि कायम गराउन खोजेका थिए ।

पटेलले भूमि सुधार कार्यालयमा आफूलाई मोही कायम गर्न भनी पेश गरेको कागजात किर्ते भएको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले पुष्टि गरेको छ । पक्राउ परेका पटेलमाथि प्रहरीले कारबाहीको लागि प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।

पटेलले मोही कायम गराउनु भूमिसुधारमा बुझाइएको कागजात शंकासपद देखिएकोले कारवाही अघि नबढाइएको भुमिसुधार कार्यालयले बताएको छ ।

काठमाडौं विशालनगर निवासी विजयमणि दीक्षितको नाम रहेको १० बिगाह १५ कठ्ठा क्षेत्रफलको जग्गामा पटेलले पार्टीको झण्डा गाडी वर्षौंदेखि माछापालन व्यवसाय चलाउँदै आएका थिए । जग्गाधनी दीक्षितका छोरा अरुणमणि दीक्षितले आफ्नो स्वामित्वको जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन जाँदा पटेलसहितको समूहले किन्ने र बेच्नेमाथि भौतिक आक्रमणसमेत गरेका थिए । उनीहरुले पटक पटक ज्यान मार्ने धम्की दिएको जग्गाधनी दीक्षित बताउँछन् ।

करिब १० बिघा जग्गामा मोही छु भनी किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ । साविक बहुअरी गा. वि. स. वडा नं.६ कि.नं.४१ ज.बि.५–१९–१५ को जग्गा २०२२ सालदेखि नै जिल्ला काठमाडौं वडा नं. ५ बस्ने विजयमणि आचार्य दिक्षितको नाममा दर्ता रहेको देखिएको छ ।

उक्त जग्गा कित्ता काट भइ कायम भएको कि.नं.२५२ ज. वि. ५–६ १४ जग्गा मालपोत कार्यालय, बाराबाट २०७९ वैशाख २६ गते राजीनामा लिखत पास भइ शिरोम इन्भेष्टमेन्ट प्रा.लि., काठमाडौंको नाममा प्राप्त भएको देखिएको छ । मोही नभएको साविक जग्गामा प्रतिवादी अजयकुमार पटेलले बाबुको नामबाट किर्ते कागजात तयार गरी भूमिसुधार कार्यालयमा रहेको अभिलेखमा घुसाइ मोही देखाइ किर्ते गरेको आरोप लागेको हो ।

बिजयमणिलगायतको नाममा  एकलौटी दर्ता कायम रहेको जग्गामा भाडामा लिएको एक बर्षपछि मधेसी जनधिकार फोरमको अध्यक्ष समेत रहेका बारा जिल्ला बोअरि बस्ने अजय पटेलले  पार्टीको झण्डा गाडी जग्गा कब्जा गरी  जग्गा धनीलाई धरपकट गरी माछा पालेर बार्षिक करोडौ कमाइ रहेको पटेलको महत्वकांक्षा बढेपछि जग्गा नै खाने दाउमा मालपोत कार्यालयको कर्मचारीसँंगको मिलोमतोमा नक्कली मोही खडा गरेका थिए । सो कुराको जानकारी जग्गा धनीले पाएपछि न्यायको लागि बारा प्रहरी कार्यलयमा उजुरी दिँदा प्रहरीले वास्ता नगरेपछि जग्गा धनि अरुण मणिले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा उजुरी हाल्न बाध्य भएका थिए । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी हालेपछि अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीले अनुसन्धान गरी सबै किर्ते ठहरेपछि पनि बारा प्रहरीले किर्ते कागज खडा गरी जग्गा हडप्ने अजय पटेललाई पक्राउ नगरेपछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीले फिल्मी शैलीमा पटेललाई पक्राउ गरि कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको थियो ।

त्यसपछि जिल्ला अदालत बाराले पुर्पक्षको लागि जेल पठाएको र निज पटेलले उच अदालत जनकपुरको अस्थायाी इजालस बिरगंजमा पुनराबेदन गरेकोले हाल उच्च अदालत जनकपुरको अस्थायी इजालस बिरगंजमा २ महिनादेखि थुन छेक बहस जारी रहेको छ । पटक—पटक पटेलले आफू अनुकुल फैसला नआउने देखेपछि पेसी सार्दै आइरहेको विशेष स्रोतले जनाएको छ । यसरी थुनामा रहेको व्यक्तिले पेसी सार्दै आएको यो अनौठो घटनासमेत बनेको छ ।

सम्बन्धित समाचार