ग्रिसमा जंगलकाे आगो निभाउन गएको विमान दुर्घटना

18.4k Shares

एथेन्स, १० साउन । ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ । मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

 

हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ । 

सम्बन्धित समाचार