पाल्पामा करेन्ट लागेर एक पुरुषको मृत्यु

15.3k Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घर नजिकैको खेतमा मोटबारबाट पानी तान्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ  । 

 
 
सम्बन्धित समाचार