काठमाडौं । काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।
गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
२०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको छ भने ५२ मानिस पक्राउ गरिएको छ ।
काठमाडौँ । काठमाडौँमा एआई क्यामेरामार्फत ५९ जना संकितलाई पहिचान गरेर प्रहरीले पक्राउ गरेको छ ।गत आर्थिक वर्षमा एआई क्यामरा मार्फत ५९ जना संकित पहिचान गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
शुक्रबार भद्रकालीस्थित परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसपी पवन भट्टराईले २०८२ भदौ २३ र २४ मा हराएका १८५ हतियार बरामद गरिएको बताए । उनले भने, ‘हामीले आफ्नो सक्रियतामा १८५ हतियार बरामद बरामद गरेका छौँ भने ५२ मानिस पक्राउ गरेका छौँ ।’
कारागारबाट भागेका १७५ कैदी र ९४ जना थुनुवालाई २०८२ साउनदेखि २०८३ असार मसान्तको अवधिमा पक्राउ गरिएको एसपी भट्टराईले बताए ।