चम्पापुर मिनी मार्केटको महर्जनद्वारा उद्घाटन, सांस्कृतिक कार्यक्रममा भिड नियन्त्रण गर्न हम्मेहम्मे

18.7k Shares

ललितपुर । ललितपुरको चापागाउँस्थित पुरानो वसपार्कमा शनिबार एक साँगेतिक कार्यक्रम गरी चम्पापुर मिनी मार्केटको उद्घाटन भएको छ । 
सो साँगेतिक कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस खेलकुद विभागका सचिव तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीन कृष्ण मभहर्जनले गरेका थिए । 
नेपाली कांग्रेसका युवा नेता समेत रहेका मीनकृष्ण महर्जन जनताका स–साना सुख दुःखमा सधैं साथ र सहयोग गर्ने स्वभावका भएकै कारण सो क्षेत्रका लोकप्रिय नेताका रुपमा परिचित छन् । 
महर्जनलाई कांग्रेस मात्र नभइ अन्य विभिन्न राजनीतिक दल नेकपा, राप्रपासहित विभिन्न दलका समर्थक र शुभेच्छुकहरूले महर्जनको यस्ता कार्यप्रति सहजरुपमा स्वीकार गर्ने गर्छन् । महर्जन कुनै राजनीतिक पूर्वाग्रह नराखी सो भेगका जनतालाई परेको समस्या  समाधानका लागि सक्दो सहयोग गर्ने गरेका कारणले पनि उनी सहयोगी नेताको रुपमा चिनिने गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा खुलेको चम्पापुर मिनी मार्केटको उद्घाटनमा शनिबार कांग्रेसका युवा नेता महर्जनले सबैको मन छोएका छन् । सो चम्पापुर मिनी मार्केट उद्घाटनको क्रममा सम्बोधन गर्दै महर्जनले स्थानीय जनताको खुसीलाई महर्जनले आफ्नो खुसी भनेका छन् । ललितपुरका जनताका लागि कुनै पनि समस्या पर्दा आफू पहिलो पंक्तिमा उभिएर सहयोग गर्ने बताएका छन् । उनको यही भावनालाई ललितपुरका जनताले सधैँ प्रशंसा गर्ने गरेका छन् ।
महर्जनले स्थानीयलाई मात्रै नभइ कलाकारहरूलाई पनि निकै प्रोत्साहन गर्छन् । महर्जनकै कारण राष्ट्रियस्तरको कलाकार बन्न सफल भएका प्रताप दासले चापागाउँको गुणलाई कहिल्यै भुल्न नसक्ने बताउँछन् । त्यति मात्रै होइन राष्ट्रियस्तरकी कलाकार निशा देशारले पनि महर्जनको योगदानको खुलेरै कदर गरेकी छिन् । गाउँ, टोल, ललितपुरको स–साना सामाजिक काममा महर्जनको कुनै न कुनै योगदान हुने गरेको छ । महर्जनले सोही कार्यक्रममा चार जना सञ्चारकर्मी राजु बस्नेत, रमेश घिमिरे, विमल योगी र कृष्ण पहाडीसहित समाजका विभिन्न व्यक्तिहरूलाई सम्मान गर्नुका साथै सामाजिक दायित्व स्मरण गराइदिएका छन् ।
चम्पापुर मिनी मार्केट उद्घाटनको क्रममा आयोजित सांस्कृतिक कार्यक्रममा हजारौंको संख्यामा स्थानीय जनताको खचाखच थिए । कलाकारहरु माग्ने बुढा, दिनेश काफ्ले, प्रताप दासलगायतका कलाकारहरुले स्थानीयलाई भरपूर्ण मनोरञ्जन दिलाएका थिए । 

सम्बन्धित समाचार