वडा अध्यक्ष र प्रहरीको मिलोमत्तोमा बलात्कारीलाई जोगाउन जाहेरी दिन पुगेकी पीडितलाई उल्टै धम्की

16.4k Shares

धनुषा । जनप्रतिनिधि र प्रहरीको मिलोमत्तोमा बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्न खोजेको समाचार छ । 
गत बिहीबार राती धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–९,औरहाकी एक विपन्न दलित महिलामाथि ठाउँका सवाजान साफी धोवीले बलात्कार प्रयास गरेका थिए । सो घटनालाई ढाकछोप गर्न  सोही वडाका वडा अध्यक्ष अशोक कुमार चौधरी र उनका सहयोगीले पीडितलाई आर्थिक लगायत विभिन्न प्रलोभन दिई घटनालाई ढाकछोप गर्न खोजेको पीडितले बताएकी छिन् ।
घटना घटेको एक साता बित्दा समेत प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । घटनाको भोलिपल्टै जाहेरी दिन खोजे पनि वडाध्यक्ष अशोककुमार चौधरी र उनीनिकट केही स्थानीयले अवरोध गरेको पीडितपक्षको गुनासो छ । घटनाको पर्सिपल्ट शनिबार किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय, महेन्द्रनगर पुगेका पीडितलाई प्रहरीले जाहेरी दर्ता गर्नुको साटो हकारेका पीडितको गुनासो छ ।
पीडितपक्षका अनुसार वडाध्यक्ष चौधरी र प्रहरीले घटना सार्वजनिक नगर्न दबाब दिँदै उल्टै उनीहरूलाई थुनिएको थियो । चौधरीले पीडकपक्षबाट आर्थिक लाभ लिएर घटना गाउँमै मिलाउन खोजेको उनीहरूको आरोप छ । इलाका प्रहरीले जाहेरी नलिएपछि आइतबार जिल्ला प्रहरी कार्यालय जनकपुर पुगेका पीडितलाई नेकपाका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठको नाम लिँदै वडाध्यक्ष चौधरीले थुनाएको बताइन्छ । पीडितपक्षले दिएको जानकारीअनुसार पछि महासेठसँग बुझ्दा उनले घटनाबारे कुनै जानकारी नभएको भन्दै पीडकपक्ष र प्रहरीलाई हप्काएपछि उनीहरूलाई छाडिएको थियो ।
न्यायको ढोका ढकढकाउँदै भौंतारिएको पीडितपक्ष अझै जाहेरी बोकेर दौडिरहेको छ । गरिब भएकै कारण स्थानीय सरकार र प्रशासनबाट हेपिनु परेको उनीहरूको दुखेसो छ ।

पीडितले दिएको तयार पारेको जाहेरी
श्री जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरमा पेश गरेको
जाहेरी दरखास्त

१)    दरखास्त वा सुचना दिने व्यक्तिको नाम, थर ठेगाना (टोल सहित) फोन नम्बर ः– रामश्रृष्ठ पासवानको बुहारी, सुरेन्द्र पासवानको श्रीमती धनुषा जिल्ला क्षिरेश्वरनाथ न.पा. वडा नं.९ औरहा वस्ने वर्ष ३४ की श्याम सुनैर पासवान, मो.नं.९८१८१५६०६४ ।    
२)    कुन मुद्दा सम्वन्धी, अपराधबारे दरखास्त वा सूचना गरेको हो ः– जवरजस्ती करणी उद्योग ।
३)    अपराध गर्ने ब्यक्तिको नाम, थर, ठेगाना (टोल सहित) ः– सहतुल साफि धोवीको नाती, जलिल साफि धोवीको छोरा धनुषा जिल्ला क्षिरेश्वनाथ न.पा.वडा नं.९ औरहा वस्ने अं. वर्ष ३८ को सवजान साफि धोवी (मो.नं.९८२६८८९९२२)................................................................१
४)    कसूर गर्ने ब्यक्तिको बाबु÷आमाको नाम ः– जलिल साफि धोवी, गोलिया खातुन ।
५)    कसुर गर्ने ब्यक्तिको हुलिया र परिचय खुल्ने अन्य विवरण ः– गहुं गोरो वर्ण, ५ फिट ६ ईन्च उचाई भएको । 

६)    कसुर सम्वन्धी विवरण
(क)    कसूर भएको वा भइरहेको वा हुन लागेको स्थान, ठा“उ, मिति र समयः– धनुषा जिल्ला क्षिरेश्वरनाथ न.पा. वडा नं.९ औरहा म निवेदिकाको घर कोठा, मिति २०७७।१०।८ गते राती ९ः३० बजे ।       
(ख)    कसूरस“ग सम्बन्धित घटनाको विवरणः– म निवेदिका विवाहिता एवं वालवच्चा भएको गरिब तथा दलित परिवारका ब्यक्ति हुं । मिति २०७७।१०।८ गते विहिवार बेलुकीको खाना पकाई बालबच्चा समेतलाई खाना खुवाई भाडावर्तन सफा गरी सुत्नको लागि आङ्खनो कोठामा गई ओछ्यान लगाई श्रीमान घर बाहिरनै भएकोले श्रीमान आएपछी ढोकाको चुकुल लगाउनु हुन्छ भनि ढोकाको चुकुल खुल्लै राखी सुत्नको लागि करिव रातिको ९ः३० वजे ओछ्यानमा पल्टी रहेको समयमा कोठाको वती समेत बलि रहेको अवस्थामा यहि टोलमा घर भएको विपक्षी सवजान साफि धोवीले ढोका खोली कोठा भित्र पसी एक हातले मेरो मुख थुनी मसंग जवरजस्ती यौन सम्पर्क गर्न खोजेको, संवेद शिल अंग छुन प्रयास गरेको, मेरो कपडा खोल्न खोजेकोमा मैले आङ्खनो बलबुताले प्रतिकार गर्दा मलाई हजार हजारको दुईटा नोट दिन प्रयास गरेको र मैले मुखबाट निज विपक्षीको हात हटाई गुहार गुहार बचाउ भन्दा निज विपक्षीले उक्त दुईटा नोट छोडी भाग्न सफल भएको र मेरो उक्त आवाज सुनेर मेरा घरको बुढी सासु ससुरा र घर वाहिर बाट लगतै आई पुगेका मेरो पतिले अहिले रातीको समय छ मान्छे चिनेकै छ भोली जे गर्नु पर्छ गरौंला भनि मलाई सम्झाई बुझाई रहेकै बखत यस वडाका वडा अध्यक्ष अशोक चौधरी र निजका साथमा रहेका यसै गाउंका सुरजा चौधरी, सुकराम चौधरी र गणेश चौधरीले यो कुरा कसैलाई नभन हामीले यो केस मिलाई दिन्छु, साथै केही रकम पनि दिलाई दिन्छु हाम्रो कुरा मानेन भने हामी गाउंका मुखिया हौ, हामीले तिमिहरुलाई उल्टै केसमा फसाइ, ज्यान वेपता गरि दिन्छु भनि अनेक लोभ लालच, धाक धम्की दिएकोमा मेरो घरका बृद्ध सासु ससुरा लगायतका केही सदस्यले डराएर हुन्छ नित तपाईहरुले जे भन्नु हुन्छ हामी तेही गर्छौ भनि जवाफ दिए पछी निजहरु आ–आङ्खनो घर फर्के । सो को भोलिपल्ट अर्थात निज वडा अध्यक्ष अशोक चौधरी र निजका साथीहरु पुनः मेरो घरमा आई हामीलाई डराई तर्साइ रहेकोले सो दिन उजुरी गर्नका लागि हामी सम्वन्धीत प्रहरी कार्यालयमा जान सकेनौं । घटनाको पर्सिपल्ट अर्थात २०७७।१०।१० गते शनिबारका दिन विहानै उठेर म र मेरा पति दुवै जना उजुरी गर्नका लागि घरबाट निस्की महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयमा जान लाग्दा निज विपक्षी, वडा अध्यक्ष अशोक चौधरी, गणेश चौधरी समेत मोटर साइकलमा आई मेरो पतिलाई दुई चार झापट हानी जवरजस्ती उठाई मोटर साइकलमा राखी घर तिर लगेको र मलाई पनि गालि गलौज गरि फर्काउन खोज्दा सखुवा बजार लाग्ने दिन भएकोले बाटोमा हिडिरहेको बटुवाहरुले निजहरुलाई महिलासंग यस्तो जोर जवरजस्ति गर्न मिल्दैन भनि प्रतिकार गर्दा मलाई छोडी गए पछि मैले सो कुराको लिखित निवेदन मिति २०७७।१०।१० गते शनिबारका दिन अं.११ः०० वजे महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा दर्ता गराको छु र हाल निज विपक्षी तथा निजलाई साथ दिने क्षिरेश्वरनाथ न.पा.वडा नं.९ का वडा अध्यक्ष अशोक चौधरी, सुरजा चौधरी, सुकराम चौधरी र गणेश चौधरी समेतले म र मेरा पति एवं मेरा परिवारका सदस्यहरुलाई अन्यापुर्वक ज्यान वेपता पारि दिन्छु भन्ने किसिमको धम्की दिने, उजुरी नगर्नका लागि रकम दिलाई दिन्छु भनि आर्थिक प्रलोभन दिने गरेकोले निजहरुको डर त्रासले म आङ्खनो बालबच्चा समेतलाई छोडी म र मेरा पति लुकेर बस्नु परि रहेको अवस्था भएकोले निज मुख्य अपराधी र जवरजस्ती करणी उद्योग जस्तो गम्भिर अपराध लुकाउन सहयोग गर्ने वडा अध्यक्ष अशोक चौधरी, सुकराम चौधरी, सुरजा चौधरी र गणेश चोधरी समेतले फौजदारी संहिता २०७४ को परिच्छेद १८ अन्तर्गतको जवरजस्ती करणी उद्योग कसुर अपराध गरेकोले निजहरुलाई पक्राउ गरी आवश्यक कारवाही चलाई हदै सम्मको सजाय गरी पाउं । साथै विपक्षीहरुको ज्यातीबाट सुरक्षा समेत दिलाई पाउं
(ग)    कसूरको प्रकृति र कसूरस“ग सबुद प्रमाणः– यौन दु¥व्यवहार गर्न खोजेको बखत निज विपक्षी सवजान साफि धोवीले हजार हजारको दुईटा नोट (नं.            ,            ) छोडेकोले सोलाई प्रमाण लगाई पाउं ।
(घ)    कसूरस“ग सम्बन्धित सबुद प्रमाणः– उक्त घट्ना लुकाउनको लागि वडा अध्यक्ष अशोक चौधरी र निजका साथी सुरजा चौधरी, सुकराम चौधरी समेतले रकमको लोभ देखाई केस मिलाई दिन्छु भनि राखेको मोवाइल रेकर्ड भोवाईस ।
(ङ)    कसूरस“ग सम्बन्धित अन्य विवरण ः– गाउं टोल छिमेकलाई बुझी प्रमाण लगाई पाउं

७)    यो दरखास्तको ब्यहोरा ठिक सांचो छ, झुठ्ठा व्यहोरा लेखेको ठहरे कानून बमोजिम संहुला बुझाउ“ला ।

    प्रहरीद्वारा अजुसन्धान हु“दा वा अदालतमा मुद्दा चल्दाको बखत उपस्थित हुनु पर्ने जनाउ पाए सो बमोजिम उपस्थित हुनेछौं ।
जाहेरी वा सूचना दिने ब्यक्तिकोः–
                                 सहीः–

        मितिः– २०७७।१०।११

सम्बन्धित समाचार