बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

14.9k Shares

कञ्चनपुर, ३ असार । बहुविवाह मुद्दामा फरार एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ का कृष्ण रानालाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

रानालाई बहुविवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरले ०७८ पुस ४ गते १० महिना ४ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार