19.3k
Shares
डोटी, ३० असार । डोटीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–१ कपल्लेखीमा बौलाहा कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् । कुकुरको टोकाइबाट २८ वर्षीया मिना महारा, ३९ वर्षीया सीता भुल, १० वर्षीय आदेश विक र अन्य २ जना घाइते भएका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार गरिएको वडाअध्यक्ष दीपक बोगटीले बताए ।