17.4k
Shares
काठमाडौं । मेलम्चीमा गएराति गएको पहिरोमा वेपत्ता हुनेहरूमा ७ जना विरगञ्ज र १ जना भारतको नागरिक रहेका छन् । इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पहिरोमा पुरिनेहरू अधिकांस वीरगञ्जका भएको खुलेको हो ।
बेपत्ता हुनेहरुमा विरगञ्जका राजेन्द्र चौरासिया, प्रदिप र्चौरासिया, विक्रम थिंग,मान बहादुर रुम्बा, सिमन घ्लान, शिव बालक धामि, सोनाम लामा रहेको बताइएको छ । त्यस्तै भारतिय नागरिक राजेन्द्र चौधरी छन् । भारतीय नागरिक बारु शहको भने उद्धार गरि स्थानीय मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय गणेश दुलालका अनुसार पहिरोमा पुरिनेहरू मेलम्ची कभर्डहल निमार्ण गर्ने कामदारहरू हुन् ।