बेलबारी । बेलबारी ९ डाँगीहाटकी २३ बर्षिया रीमा खवासको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले ईलाका प्रहरी कार्यलय बेलबारीको गेटअघि शव राखेर शसस्त्र प्रहरीका एकजना सईलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् ।
लेनदेनको बिषयलाई लिएर शसस्त्र प्रहरीका सई बेलबारी ८ का प्रकाश राजवंशीले घरमै आएर मृतक रीमा उनकी बहिनी आस्मा र परिवारलाई गालीगलौज र हातपात गरेको भन्दै मृतकका आफन्तले सोही कारणबाट रिमाको मृत्यु भएको आरोप लगाएका छन् । मृतकका बहिनी आष्माले आमाले सई राजवंशी सँग ८३ हजार ऋण लिएको र मृतक मृगौलाको बिरामी भई डाईलासिस गरिरहेको अबस्थामा हिजो पनि डाईलासिसमा लैजाने तयारी गरिरहेका बेला राजवंशी घरमा आएर झगडा गरेको र हातपात गरेका कारण उपचारमा ढिलाई भएर मृत्यु भएको आरोप लगाईन् ।
उनले राजवंशीलाई नियन्त्रणमा लिएर कडाभन्दा कडा कारबाही गर्न माग समेत गरिन् । ईलाका प्रहरी कार्यलय बेलबारीमा बेलबारी ९ का वडाध्यक्ष शालिकराम बस्नेत, पुर्बवडाध्यक्ष नगेन्द्र खडका सहित स्थानीय अगुवाहरु सहित मंगलबार बिहान भएको छलफलमा ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख उदय समसेर राणाले दोषी भनिएका ब्यक्तिलाई बोलाएर सोधपुछ गर्ने सहमतिपछि आफन्तले शव लिएर अन्तिम संस्कारका लागि लगेका छन् ।