स्वस्थबर्द्धक तरकारी बनाउने कसरी !

21.9k Shares

हरिया ताजा तरकारीमा शरीर शोधनको लागि चाहिने रेशाछोक्राबोक्रा लगायत शरीरलाई चाहिने भिटामिन्स, मिनिरल्स आदि खनिज लवनहरु प्रसस्त हुन्छन् । स्वस्थ रहन यी हरिया तरकारीहरु हाम्रो दैनिक खानामा करिब ३०० ग्राम अनिवार्य रुपमा हुनुपर्छ । हरिया तरकारी भन्ने वित्तिकै हामी पात भएकालाई मात्र बुझ्दछौ । हरिया देखिने पात भएका र पात नभएका सबै तरकारीहरु हरियो तरकारी बर्गमा पर्दछन् । 
तर हामी तरकारी भन्ने वित्तिकै आलु, माछा, मासु अदिलाई सम्झन्छौ । त्यस माथि पनि तरकारी बनाउँदा चिल्लो, पिरो, मरमसलाहरुमा भुटेर खाने चलन छ । यसरी तरकारीलाई भुटेर खाँदा तरकारीमा रहेको प्राकृतिक लवनहरु नष्ट हुन्छ र जति तरकारीले शरीरलाई लाभ दिनुपर्ने हो त्याति हुँदैन । तसर्थ तरकारीलाई सही तरिकाले पकाएर खान सकेमा स्वस्थ्यलाई धेरै लाभ पुग्दछ । अब हामीलाई लाग्न सक्दछ दैनिक तरकारी बनाउँने के ? यसको लागि धेरै सोच्नै पर्दैन हाम्रै घर वरपर भएका हरिया देखिने पात भएका र नभएका यही तरकारीलाई हेरे पुग्छ । धेरै तरकारीहरु छन् हाम्रो वरपर ती तरकारीलाई मात्र सही तरिकाले खान जानेमा हामी स्वस्थ रहन सक्छौ । 
यहाँ सात दिनमा सातै थरी स्वस्थबद्र्धक तरकारी बनाएर खाने विधिको व्याख्या गरिएको छ । 

१. झोलिलो ताजा तरकारी 
सुकेको प्याज, भेडे खुर्शानी, सिमी, गाजर, परवर, ब्रोकाउली र आलु सफा गरेर  ठूला टुक्रामा काट्ने । त्यसपछि भाडामा पानी तताउने । सबै भन्दा पहिले आलु राखेर पकाउने, आलु करिब २५ प्रतिशत जति पाकेपछि तेजपात, ल्वाङ, सुकुमेल, दालचिनी, अदुवा र लसुन मसिनो काटेको वा थिचेको राख्ने साथै बाँकी तरकारी पनि राखेर पकाउँने । साथै एक जना बराबर एक चम्चा आँटाको पिठो पानीमा घोलेर राख्ने । यसमा तरकारी पाकेपछि पिसिएको मरिच  (खस्रोे पिनेको वा सिंगै) र नुको धुलो राख्ने । अन्तमा तेल तताइ लसुन झानेर राख्ने । यसमा बेसार राख्नु पर्दैन ।
नोटः यसमा सबै तरकारी तथा मसलामा पानीमा पकाएर पछि तेल तताई लसुन झाने पनि हुन्छ । यसमा बेसारको जरुरत पर्दैन । 

२ ओभनमा सेकिएको तरकारी 
सिमी, परबर, भ्याण्टा, गाजर, ब्रोकाउली र च्याउ आफ्नो इच्छा अनुसार सफा गरि टुक्रा पार्ने । यसमा नुन र तेल राखेर मोल्ने । अब एउटा सफा टे«मा पातलो गरी फिजाएर राख्ने अनि प्रि हिट गरेको ओभनमा राखेर सेक्ने । ओभन नभएको खण्डमा डिक्चि अथवा कुकरमा बालुवा वा नुनको पत्र राखेर पनि पकाउँन मिल्छ । पकाउदा डेक्ची अथवा कुकरमा एक इन्च जति बालुवा वा नुन राख्ने । त्यसको माथि तरकारी राखेको प्लेट राख्ने विर्कोले छोपेर पकाउँने । कुकरमा भए सिटि र ग्यासकेट निकालेर विर्कोले छोपेर पकाउने । 

३. सिमि, आलु, गाजर साँधेको तरकारी 
सिमी, गाजर र आलु सफा गरी टुक्रा गर्ने र मम पकाउने भाँडोमा राखेर बफाउने । मम पकाउँने भाडा नभएमा कम पानीमा उसिने पनि हुन्छ । बफाएको तरकारीलाई एउटा भाँडोमा राखेर नुन, अलिकति तोरीको तेल जिरा र हल्का खुर्सानीको धुलो राखेर साध्ने । यसरी बफाएको तरकारी केही पनि मसला तेल नराखी त्यसै खाएपनि स्वस्थ्यको लागि उपयुक्त हुनुका साथै प्राकृतिक स्वादिलो हुन्छ । साँधेको तरकारी तयार भयो । चाखेर हेर्नु होला । 

४. मिक्स तरकारी 
घिरौंला, गाजर, परबर, सिमी र आलुलाई सफा गरेर टुक्राटुक्रा गर्ने । काटेको हरियो प्याज, हरियो धनिया, भेडे खुर्सानी  हरियो खुर्सानी, नुन, बेसार, धुलो जिरा, अदुवा र लसुनको पेष्टका साथै तेल पनि इच्छा अनुसार राखेर ओल्टाइ, पल्टाई चलाउने । अब अलिकति पानी राखेर कुकरको बिक्र्रो लगाउने । चुल्होमा बसाल्ने । कुकर भरि भएमा ३ सिठ्ठी लाग्न दिने, आधा भएमा अझै बढी सिठ्ठीसम्म लाग्न दिने । पाकेपछि आगो बन्द गरिदिने । एक छिन पछि कुकर खोलेर राम्रोसँग चलाउने । 

५.बरेलाको सुख्खा तरकारी 
बरेलालाई सफा गरि चिर्ने । भित्र छिपिएको बियाँ छ भने निकाल्ने । बरेलालाई काट्नु पर्दैन, सिंगै राखे पनि हुन्छ । सुकेको प्याज, अदुवा र लुसनलाई लामा तर मसिनो गरि काट्ने । कराईमा तेल राख्ने । पहिला काटेको अदुवा र लसुन राखेर चलाउने । त्यस पछि काटेको प्याज राखेर एक छिन चलाउने । साथै सफा गरेको बरेला पनि राखेर एक छिन ओल्टाई पल्टाई गर्ने । अनि बेसार, नुन, धुलो जिरा  र हरियो खुर्सानीको पेस्ट राखिदिने । अब बिर्को लगाएर मधुरो आँचमा पकाउने । बेलाबेलामा चलाउँदै जानु पर्छ ताकि नडढोस् । पाक्न लागेपछि अलिक हरियो धनियाँ काटेर राख्ने र एक छिन छोपेर राख्ने । यसरी तरकारी तयार हुन्छ । 

६. सेकिएको फर्सि 
छिप्पिएको पहेंलो फर्सिको बियाँ निकालेर सफा गर्ने । तस्बीरमा देखाए जस्तै ठूलै टुक्रा बनाउँने र यसको बोक्रा निकाल्नु पर्दैन । यसमा नुन, मसला र तेल राख्न जरुरी छैन। राख्ने इच्छा छ भने राख्दा पनि हुन्छ । अव सफा गरेको ठूलो फर्सीको टुक्रालाई ओभनमा राखेर पकाउने । ओभन नभएमा डेक्चीमा बालुवा राखेर सेक्न सकिन्छ । पाकि सकेपछि यो तात्तात्तो खान दिने ।

७. विना तेलको ब्रोकाउली तरकारी 
ब्रोकाउलीलाई सफा गरी टुक्रा गर्ने र मम बफाउने भाँडामा राखेर बफाउने । अब भुटेको मरिचको धुलो, खुर्सानी, लसुनको स्यानो पोटी, नुन, मुगफली बदाम, नरिवल र दुइटा उसिनेको गोलभेडालाई ग्राइन्डरमा राखेर मसिनो गरि पिँध्ने । यही मसलालाई बफाएर पकाएको ब्रोकाउलीमा राखेर मोल्ने । अनि धनियाँले सजाउने । यसरी तेल नभएको तरकारी तयार हुन्छ ।

८. सिंगो परबर तरकारी 
परबरलाई खुर्केर पखाल्ने, माथिको टुप्पो काटेर भित्रको गुदी निकाल्ने । अर्को भाँडोमा बन्दा, गाजर, हरियो प्याज, धनियाँ र सिमी मसिनो गरि काटेर राख्ने। अब कराईमा तेल राखेर मसिनो गरी काटेको प्याज, अदुवा, लसुन, सिमी गाजर साथै अघि निकालेको परवलको गुदी पनि राखेर भुट्ने र नुन, वेसार जिरा धुलो र पिरो चहिएमा हरियो खुर्सानी पनि राख्ने । पाक्न लागेपछि  उसिनेको आलु अलिकति र हरियो धनियाँ पनि राखेर मोल्ने (उसिनोको आलु मुछेर राख्ने) अव परवलमा भने मसलाको मिश्रण तयार भयो । यसलाई औंलाको सहायताले गुडी निकालेको परबरभित्र भर्ने। भरेको परबर मम बफाउने भाँडोमा राखेर बफाउने । अव बफाएको परवललाई कराईमा तेल अलिकति राखेर एक छिन चलाई दिने । परवल भित्र मसला भएकोले बहिर पत्रको लागि मात्र हल्का नुन, मसला राख्ने । यसमा सुख्खा भुटेको मकैको पिठो अलिकति छर्कंदै कराईमा राखेको परबर चलाई दिने । भरिएको परबर तयार भयो । कराईमा तेल राखेर नुभटिकन बफाएको परबर सिधै खाए पनि हुन्छ । 

९. दाल तरकारी 
मुसुरो र रहरको दाल अथवा दुबै मिसाएर पकाउन राख्ने । दाल एक छिन उम्लन दिने र इच्छाअनुसार तकारीहरु जस्तै स्कुस, मुला भ्याण्टा तौका कुनैपनि राख्न सकिन्छ । सफा गरेर टुक्रा गरेको तरकारीलाई पनि उम्लेको दालमा राख्ने र पाक्ने गरी पकाउने । मसलामा बेसार र नुन राख्ने (स्वास्थ्य अबस्थाले साथ दिएमा अलिकति जिरा, गरम मसला पनि राख्न सकिन्छ।) दाल तरकारी पाकिसके पछि एउटा फ्राई प्यानमा तेल तताउने, मसिनो काटेको लसुन पोटी र हिङ अलिकति राखेर दाल तरकारीमा झाल्ने । (स्वास्थ्यले दिएमा लुसन हिङका साथै सकुेको प्याज र गोल्भेडा पनि भुटेर राख्ने सकिन्छ । स्वास्थ्य अबस्था ठिक छैन भने नगर्नु होला ।) 

१०.पालुङ्गो साँधेको तरकारीः
पहिला पालुङ्गोलाई राम्रोसंग पखालेर उसिन्ने । उसिनेको पालुङ्गोमा भएको पानी निचोरेर निकाल्ने । अब उसिनेको पालुङ्गोमा नुनु खसार्निको धुलो, अदुवा लसुनको पेस्ट र भुटेको भटमास पिनेर धुलो राखेर मोल्ने । यसमा तोरीको तेल पनि अलिक हाल्ने मोल्ने । साँधेको तरकारी तयार भयो। यसलाई चाकर सहितको गहुँको पिठोको रोटीसंग वा खानासंग खान सकिन्छ । यसरी खाँदा कब्जियत हुन दिदैन ।

सम्बन्धित समाचार