कमल प्रसाद मिश्र
आज जनवरी ७ अर्थात् पौष २३ गते म कहिल्यै सपाङ्ग नहुनेगरी त्यतिवेला सन २००२ मा प्रहरी हिरासत भित्र यातना भोगेर अंग भंग भएथें ।
त्यसैले दैत्य कथा जस्तै लाग्ने उक्त कालो दिनको संझना स्वरुप एक तितो सत्यमा आधारित सानो पंत्ती छोड्ने अनुमति चाहान्छु ।
भारतको भुमिबाट पुलिसको घेराउबाट संझिरहेंथे मेरो नेपाललाई यातनाको जंंजिरबाट ः हो,,,,, यातनाको जंजिरबाट ।
सिलिगुडी हिरासतबाट जल्लादहरुको बीचबाट ः संझिरहे मेरी आमालाई पीडादायी क्षणबाटः हो,,,,पीडादायी क्षणबाट,,,,,,,,,,।
बच्चाहरुलाई घरमा छोड्दा ः,मन रूँदो रैछ,,,,
स—साना छोरीहरुको यादमा, मुटु काम्दो रैछ
हिरासतमा यातना पाउँदा, अईया आमा भने,,,
हिटरमा पिसाप गर्दा , होसै गुमाऊन पुगे
हो भारतको भुमिबाट,,,,,,,,,,,,,,,,,,,,
जनप्रिय गायक जीवन शर्माको श्वरमा पंचायत कालमा लोकप्रिय बनेको जनबादी गीत ः फोकल्यान्डको टापुबाट शिर्षकमा गाउन मेरो जीवनको भोगाई गाथा केवल शब्दमा उतार्न मात्र खोजेको हुँ है मित्रहरु यो दुखियाले गल्ति लेखे क्षमा पाउँ ।
सन् २००१को दिसेम्वर १० मा जल्पाईगुडीको नगरकटा भन्ने स्थानमा दुर्घटना परी उपचारका लागि सिलिगुडीको पारामाउन्ट नर्सिङ होममा भर्ना भए । त्यहांँको आईसियुमा टाउकाको अप्रेशन गरियो प्रहरी घेराउमा म बेहोस अबस्थामा थिए । मेरी आमा जनवरी टमा आईसीयुमै गएर भोलीसम्म धैर्यपूर्बक बस, अवत होस् आएछ बाचिस छोरा ! भोली झापाका सबै पत्रकार तेरा साथी लिएर आउँछु अनी तलाई छुटाएर नेपाल लैजाउला भन्नुभयो । आमाका यी वास्चल्यत्ता पुर्ण भनाईलाई आशावादी हुँदै रातभर खुसि भएर अस्पतालमा सुतिरहे । भोलीपल्ट नभन्दै आमासँग तत्कालिन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हाल दिबंगत आदरणीय दाई मदन ढकाल अग्रज पत्रकारहरू गोबिन्द क्षेत्री, केशव आचार्य , रामनाथ बाँस्कोटा र अन्य मित्रहरू भिम नेम्बाङ्ग, तीर्थ सिग्देल, जीएन शर्मा, गोपाल गिरी, नेत्र पाठक, कृष्ण हुमागाई, माधव बिद्रोहीलगायत टुप्लुक्क पारामाउन्ट नर्सिङ होममा पुग्नु भयो । ऊहाँहरु पुगेपछि अस्पतालको बीलबाट हैरान भएको भारतीय प्रहरीले खोक्रो आश्वासन दिँदै भनेछ । ६ लाख भारू तीर्नुहोस् लैजानुहोस् । पत्रकार मित्रहरू र आमाले प्रहरीको दुईजिब्रे कुरा बुझ्नू भएन मान्छे पाईने भयो भनेर बिर्तामोड बजारको बीचमा पर्ने मेरो घर बेचेर तीर्ने गरी साहुकाडेर आमाले ऋण खोजेको १० लाख नेरू अस्पतालको उपचार खर्च तिरियो । जुन ऋण म एकबर्ष पछि जेलबाट छुटेर सावा ब्याज डबल साच्चिकै मैले खाई नखाई पैसा भेलागरी अनी पिताजीले दिएको अंशको जमिन बेचेर किनेको बिर्तामोडको मुल्यवान घर बिक्री गरेरै तिर्नु प¥यो । वास्तवमा जुनदिन घर बेचे त्यहीदिनबाट सुकुम्बासी शरह भएको म अझैसम्म डेरा बहाललाई बासस्थान बनाउदै छु ।
घरै हिड्ने गरी उपचार खर्च तिरेर जव म अस्पतालबाट बाहिर निकालिए अनी आयो बंगाली पुलिसको भ्यान र हाल्यो मलाई गाडीमा भन्यो सबै आउ थानामा सही गरेर लैजाउ तिम्रो मान्छे ।
अझैपनि चतुर भारतीय खुफिया एजेन्सीको प्लान बुझिएन पत्रकार मित्रहरू र आमा प्रहरी कार्यालय सिलिगुडी पुग्नुभयो । तर भनाई एउटा गराई अर्को भारतीय नौकरशाहरुको चलन म माथी दोहोरियो । फलत अस्पतालको बील तिराएर फसाउन उद्दत भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाईसिन्स व्यीङ्स र बंगाली प्रहरीले झापाली पत्रकारहरू र आमालाई लाठी हान्दै खेदेर मलाई कालकोठरी यातना गृह भित्र हाल्यो । पैसा गयो सर्बस्व भयो मान्छे पनि दिएन स्वर सम्राट नारायण गोपालले गाएको गीत मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या भन्ने गीत जस्तै भयो त्यसदिन झापाली पत्रकारहरू र मेरी आमालाई ।
रूँदै दिक्क मान्दै ऊहाँहरु नेपाल फर्कनुभयो । मलाई भने खुट्टो समेत भाच्चिएको टाउको अप्रेशन गरेको घाईते अबस्थामा स्टेचरमा राखेर हालियो काल कोठरी हिरासतमा । अनी आधा नेपाली आधा हिन्दी आधा बंगाली भाषा प्रयोग गर्दै एक प्रहरी ओस्तातले उर्दी जारी गरे हिरासतमा भएका करिव ८० जना जती थुनुवालाई यो घाईतेसँग नबोल्नु है भनेर ।
प्रहरी हिरासत भित्र रक्सी खाने, लागु औषधका कारोबारी चोर डाका ज्यानमारा र दुई नम्बरी धन्दावाला सबै थिए भन्दै थिए हाम्रो त छोटा मोटा केश हुन छुटिन्छ यो नेपाली दाजु त आतंककारीमा परेछ कि लाईफ जेल कि फाँसी !! भनेर अन्य थुनुवाले गफ गरेको सुनेपछि मेरो अस्पतालमा खुलेको होस् आधा गुम्न पुग्यो ।
जब रात छिपियो मलाई दुई जनाले बोकेर बाहिर सिलिगुडी थानाका बडाबाबु भनिदो रहेछ अफिसरको रूममा ल्याए । वरीपरी २० जती बन्दूक बोकेका भारतीय, प्रहरी बीचमा सिलिगुडीका प्रहरी प्रमुख अनी साईडमा रअका हाकिम रहेछन् नेपाली भाषी नरेन्द्र क्षेत्री अनी ईलाका प्रहरी कार्यालय बिर्तामोडका हवल्दार अमर बिष्ट मैले प्रष्ट देखेको थिए ।
बार फे बाफ !!!!!!! अब सुरूभयो सोधनी नेपाली माओवादी आन्दोलन हतियार र माओवादी नेताहरू कहाँ बस्छन् ? भन्ने बारेमा अलग—अलग भाषामा अलग—अलग प्रश्न बंगालीमा सोदियो तुमार बाडी कोथाई ? हिन्दीमा तुमारे बडि माओवादी नेतृ सरस्वती महरा कहाँ है ? अंङ्गेजीमा सोधियो Do you know Mr Ram karki उनिहरू सिक्किम कार्यक्षेत्र भएका तत्कालिन भुमिगत माओवादी नेता अहिलेका झापा क्षेत्र नः १ का सांसद राम कार्की बारे बुझ्न खोज्दै थिए भने झापाबाट गएका प्रहरी प्रतिनिधि अमर बिष्ट हतियार राखेको ठाउँ देखाउन जोड जबरजस्ती गर्दै थिए । तर म एउटा कलम चलाएर खानेसंग माथिका प्रश्नको उत्तर थिएन । मैले चिन्दिन जान्दिन थाहा छैन भनिदिए तर उनीहरूलाई मान्य भएन रातले सन्नाटा छाईरहेका बेला निर्दयी प्रहरीका हाकिमले मलाई यातना दिन आदेश गरेपछि जल्लाजहरुले स्टेचरबाट उठाएर कम्मर मुनी बुट लात्तिले ३० पटक हानेको थाहा छ । दुबै हातमा डोरी वाला लठीले ६० भन्दा धेरै हानेपछि म घाईते आत्तिए अनी पिसाव लाग्यो भनेर चिच्चाए नै । निर्दयी प्रहरीले हिँडन सक्दैनस् ला यही पिसाव गर भनेर एउटा बटुको जस्तो राखिदिएआखिर रहेछ हिटर पिसाव के फेर्न सुरु मात्र गरेको थिए बिद्युतिय करेन्ट पानी रुपी पिसापमा प्रवाह भएपछि म बेहोस भएछु । मलाई त्यतिवेला दिएको यातना कै कारण अहिले पिसाप सम्वन्धी दीर्घरोगी अनी शरीरका अंगअंग दुख्ने राती चिच्याउने खाएको नपच्ने आदी समस्या त छदैछन् मुटुको समस्या पनि यातनाकै कारण आएको बरिष्ठ कार्डियोलोजिष्ट डा.मन बहादुर के सीले बताई दिनु भएको छ । जेलबाट छुटे लग्त्तै आँखाको ज्योती गुमेको बारे बीर अष्पतालमा आएर जचाउँदा डा.उपेन्द देवकोटाले पनि टाउकाको अपरेशन गर्दा कमजोर भएको आईभेन यातनाको बेला चुडिएकाले पुन जोड्न नसकिने पक्का गरिदिनु भाथ्यो, जव उहाँले बताउनु भयो तव थाहा भयो मेरो दाँहिने आँखाको ज्योती पनि त्यही जनवरी ७ मै खोसिएछ ।
रातभरको यातना र पिटाई अनी करेन्ट लागेर बेहोस् भएको मलाई बिहानी पख एक भुटिया जातका भारतीय प्रहरी अधिकृतले ब्युँझाएर एउटा पेपरमा सही गर्न लगाए जहाँ आतंकबाद बिरोधी भारतीय कानूनका धारा १२१, १२२, १२३, १४२ र १४४ धारामा उल्लेखित कसुर अनुसार कारबाहीको माग राखेर म माथि सिलिगुडी डिभिजनले कोर्टमा मुद्दा दर्ता गर्ने तयारी रहेछ । अदालतले घाईतेवारे सोधपुछ गर्ने संभावना भएकाले होला म्याद थप गर्दै खान पनि राम्रो नदिएर आफन्तसँग भेट्न नदिएरै ७ दिन हिरासतमा राखेर पछि मात्र अदालतमा हाजिर गराईएको थियो ।
त्यसैले त बिगत अर्थात् सन २००२ को जनवरी ७ संझन्छु अनी भक्कानिएर झोक्रिन्छु बास्तवमै पुर्बजन्मको कुन कुकर्मको परिणाम हो ? वा प्रारब्ध हो कि ? संसार मेरो त्यस दिन खोखिएछ !!!
आँखाको ज्योती यसै दिन गुम्यो ।
शरीर अंगभंग यसै दिन भयो ।
यातनाले शरीर दीर्घरोगी आजै देखि भयो ।
त्यतिमात्र कहाँ हो र पिता माताले दिएको र आफैले थुकतेल गरेर जोडेको घर जग्गा पनि गयो अनी सडकछाप सुकुम्बासी भईयो ।
हे भगवानः यो घटनालाई पनि मैले जीवन भोगाईको कृपाको रुपमा घटना घटेको धेरै बर्ष पछि बुझें । कृपा सुल्टो मात्र हँुदैन उल्टो पनि हुन्छ भन्ने कुरा त्यसैले आज त्यही जनवरी ७ मा प्रभुसंग प्राथना छ संसारमा मलाई एक्लै बनाई दया दिनु होस् । म दयाकौ भिखारी हो मेरो क्रन्दन सुनि दिनुहोस् ।
प्रभुबाट केवल दया र प्रेम अनी गुरू भक्तिको कृपा संसार अनी सरकारबाट न्याय र सहयोगको अपेक्षा गरेको छु भुल भएमा क्षमा पाउँ ।
(संकटकाल जेल र यातना बारे क्रमश),,,,,,,,,,,,,,,,,,,,,