बेलायत, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस फैलिन थालेपछि बेलायतमा पुनः देशव्यापी लकडाउन भएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् ।
बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा लामो लकडाउन कायम भएको थियो भने नोभेम्बर ५ देखि ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री जोन्सनले खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न आग्रह गरेका छन् ।
मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द भएका छन् अव पुन अनलाइन कक्षाबाट पढाई गर्नसमेत उनको निर्देशन रहेको छ । हालको लकडाउन फेब्रुअरीभर कायम हुन सक्ने अनुमान गरिएको छ ।