स्वास्थ्य राज्यमन्त्री कार्कीको स्पष्टीकरण

15.8k Shares

काठमाडौं, १३ माघ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई राज्य भन्ने अनुभूति दिलाउनका लागि आफू आईसीयूमै भेट्न गएको स्पष्टीकरण दिएकी छिन्

शुक्रबार बिहान फेसबुक सन्देशमार्फत सार्वजनिक गरिएको स्पष्टीकरणमा अस्पताल पुगेर मृत्युअघि आचार्यलाई भेटेर गल्ती नगरेको तर्क उनले गरेकी छन् मृत्युसँग संघर्ष गरिरहेको बिरामीलाई आईसीयु प्रोटोकलविपरीत भेटेको भन्दै उनको आलोचना भइरहेको

डा. कार्कीले चाँडै नै यो संसार छोड्दैछ भन्ने थाहा भएरै समयै गएर भेटेकोमा सन्तोष व्यक्त गरेकी छिन् राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरीकलाई चाँडै नै यो संसार छोड्दैछ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै, उहाँलाई भेट्न पुगेको थिँए भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ धन्न मैले ढिला गरिनछु, उनले लेखेकी छन्

आईसीयू प्रवेश गर्नुअघि आफूले सबै प्रोटोकल पूरा गरेको उनको दाबी आफू नै जनरल सर्जन हुँ जो विगतमा बर्न सम्बन्धीकै बिरामीहरू पनि हेर्ने गरेको छु, उनले लेखेकी छन्, ८० प्रतिशतभन्दा धरै जलन भएर बाँच्न सक्ने अवस्था न्यून भएको बिरामीलाई त्यसबेला मैले दिन सक्ने केही थिएन, मेरो हातमा केही थिएन, मात्र थोरै मेरो तर्फबाट मायाको स्पर्श, आत्मियता अन्तिम घडीमै भए पनि थोरै आत्मबल

आफूले भेटेकै कारण प्रेच आचार्यको आत्माले नयाँ सरकारलाई सधैं सम्झिरहने राज्यमन्त्री कार्कीको दाबी तर यति कुरा पक्का , प्रेम आचार्यको आत्माले यो नयाँ बनेको सरकारलाई सधैँ सम्झिरहनेछ, उनले लेखेकी छन्, किनकि अस्ताउनुअघि नयाँ बनेको

सम्बन्धित समाचार