कैलालीबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

16.6k Shares

धनगढी, १७ असार ।  कैलालीमा वन मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–१ का ७२ वर्षीय चक्रबहादुर छन्त्याल पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यलय कैलालीबाट खटिएको प्रहरी  टोलीले घरबाटै आइतबार पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत कैलालीले २०५९ पौष ३ गते वन मुद्धामा छ महिना सजाय तोकेको थियो। उनलाई कारवाहीका लागी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार