दीर्घ जीवन र यौवनका आधारहरु के हुन ?

20.4k Shares

प्रसिद्ध ग्रन्थ ‘चरक संहिता’  मा लेखिएको छोटो भनाई ‘सज्जनहरुले मन पराउने आचरण गर्ने, आफ्ना इन्द्रीयहरुलाई जितेको, शरीरलाई हित गर्ने कुरा मात्र खाने व्यक्ति ३६,००० रात अर्थात् ९८ वषर्, ७ महिना, २० दिन रोग नलागिकन बाँच्दछ ।(स्लोक ३४३, ३४४ र ३४५)
अहिले अधिकांश मानिसले बुझेको रोग र दुःख मानिसले अनिवार्य रुपमा भोग्नुनै पर्छ भन्ने कुरालाई यस माथिको श्लोकले खण्डन गरेको छ । सबै मानिसको चाहना यो शरीरमा कुनै रोग नलागोस र यो मन दुःखी हुनु नपरोस् भन्ने नै हो अर्थात् निरोग र आनन्द नै मुख्य लक्ष भएपनि हरेक व्यक्ति रोगी र दुःखी किन छन् त ? सय वर्षसम्म मजाले बाच्नुपर्ने मानिस तीस चालिस नपुग्दै किन बुढा हुन्छन् ? रोगी हुन्छन् ? किन ? यो विषयमा हरेक व्यक्तिले विचार पु¥याउनु पर्ने अवस्था छ । जबसम्म कुनै व्यक्तिको राम्रो स्वास्थ हुँदैन उसले जीवनमा कुनै पनि कुराको रस राम्रोसँग लिन सक्दैन । कुनै पनि कुराको भोग राम्रोसँग गर्न सक्दैन । त्यसैले संसार नै निरस लाग्ने, आफ्नै घर आँगन परदेश जस्तो हुन जान्छ । त्यसैले राम्रो स्वास्थ्य नै दीर्घ जीवन र यौवनको आधार हो ।
अब राम्रो स्वास्थ्यको आधार के हो त ?
हरेक मानिस जीवन शक्तिद्वारा संचालित हुन्छन् । जसको जीवन शक्तिको स्तर जति राम्रो हुन्छ उसको स्वास्थको स्तर त्यति नै राम्रो हुन्छ, यसैले मानिसको जीवनी शक्ति नै स्वास्थको आधार हो अनि जीवन शक्तिको आधारचाहिँ सही ढंगले रक्त संचालन र श्वास संचालन  हुनु हो । त्यसैले रक्तनली र स्वास नली जति लचिलो हुन्छन् तिनीहरुमा त्यति नै अवरोध कम हुन्छ । अवरोध कम भएपछि श्वास नली, रक्तनलीले सही ढंगले काम गर्न सक्छ । 
कस्तो शरीर लचिलो हुन्छ त ?
लचिलो शरीर हुनको लागि आफ्नो तौल ठेगानमा राख्नुपर्छ । प्रकृति प्रेमी समूह ‘निरोगधाम’ ले निर्धारण गरेको अनुभवसिद्ध मापदण्ड अनुसार ५ फिट मान्छेको अधिकतम तौल ५० केजी र न्यूनतम ४० केजीसम्म भए तौल ठीक हो । ४० भन्दा घटी हुँदा तौल कम हो भने ५० भन्दा बढी भएमा तौल बढी भएको भनेर बुझिन्छ त्यसैले ५ फिटको मान्छेको ४० देखि ५० केजी सम्म भएमा सामान्य भन्ने बुमिmन्छ । त्यस्तै एवं रितले ५ फिट १ ईन्चमा साढे दुई केजी बढाउने, कममा साँढे २ केजी घटाएर बुझ्ने । तौलको मापदण्ड मात्र मिलेर पुग्दैन अनुपात ठिक हुनको लागि छाती र कम्मरको नाप पनि मिल्नुपर्दछ । छातीको नाप सय भए कम्मर ७५ इन्च हुँदा अनुपात मिलेको हुन्छ अर्थात् छातीको ४ भागको १ भाग कम कम्मर हुँदा अनुपात मिलेको भनिन्छ । बच्चा पाइसकेको महिलाहरुको छाती ८ भागको १ भाग कम कम्मर भएसम्म पनि ठिकै हुन्छ तर छाती भन्दा पेट ठूलो भएपछि समस्या आउन थाल्दछ, त्यसैले वि.एम.आई.  (१८.५ देखि २५) सम्म डब्लुएचओ को मापदण्ड भए पनि वि.एम.आई. (१८.५—२२) सम्म रहँदा शरीरको अनुपात मिल्न जान्छ । 
अब तौल ठेगानमा राख्न शरीर लचिलो बनाउन कस्तो आहार लिने त ?
उचित आहार कस्तो ?

हाम्रो समाजमा बढी क्यालोरी, प्रोटिनप्रधान, कार्बोहाइड्रेट लिने प्रचलन छ जुन गलत छ । हाम्रो आहारमा प्रोटिन, कोर्बोहाइड्रेड माछा, मासु, अण्डा, दुग्ध पदार्थ, दाल, गेडागुडी र चिल्लोलाई प्रमुख स्थान दियौं भने क्यालोरी त हामी प्रशस्त पाउँछौ तर त्यसले शरीरमा  श्लेष्मा पनि प्रशस्तै छोड्छ र यस्ता खाने कुरामा छोक्राबोक्रा नहुने हुनाले हामीलाई कब्जीयत गराउँछ । श्लेष्मा नै हो जसले श्वास र रक्त नलीहरुलाई लचिलो हुन दिँदैन र विभिन्न अंगहरुका कामहरुमा बाधा पु¥याएर रोग उत्पन्न गराउँछ । त्यसैले कुन खानाले बढी क्यालोरी दिन्छ भन्ने आधारमा खानाको छनौट गर्दा भयंकर कब्जीयतको शिकार हुनुपर्ने हुन्छ  तर हाम्रो समाजमा संरक्षित एलोपेथीक चिकित्सा विधिले पनि यही प्रचलित आहार ढाँचा प्रोटिन र कार्बोहाइड्रेड प्रधान अम्लकारक –श्लेष्माकारक र अबरोध आहार ढाँचालाई नै प्रचार प्रसार गरिरहेको छ । यसको फलस्वरुप समाजका सबै जसो मानिसहरु कुनै न कुनै रोगद्वारा ग्रस्त छन् । हरेक घर—घरमा कुनै न कुनै जीर्णदीर्घ रोगीहरु जस्तै सुगर, प्रेसर, बाथ, दम, मुटु रोग जस्ता रोगीहरु भेटिन्छन् । यो सबै रोगबाट मुक्त हुन स्वास्थ्य विमा गर्ने कुराहरु पनि अहिले आएको छ । तर मानिसले गर्नुपर्नै आहार विहार विचार उचित नगरी जस्तो सुकै ठूलो विमा गरे पनि व्यक्ति निरोगी रहन सक्दैन । 
त्यसैले हामीले गर्ने आहार कस्तो हुनुपर्छ त ?
तसर्थ शरीर लचिलो बनाउनको लागि अम्लकारक र श्लेमाकारक अवरोधक खानालाई मुख्य अंश नबनाई सानो अंश मात्र बनाउनु पर्छ । माछा, मासु, अण्डा, दुग्धपदार्थ,दाल गेडागुडी, अन्न, चिल्लो सबै अम्लकारक र श्लेष्माकारक खाना हुन् ती आहारलाई ३० प्रतिशत भन्दा बढी बनाउनु उपयुक्त हुँदैन । यदि जीर्णदीर्घ रोग छ भने माछा, मासु, अण्डा, दुग्धपदार्थ जस्ता खानालाई बन्द गर्र्नु पर्छ । क्षारधर्मी श्लेष्माहिन खाद्य पदार्थमा हरिया सागसब्जी, काँचो सलाद, अंकुरित अन्न, फलफुल गरी कुल आहारको ७० प्रतिशतसम्म कायम राख्नुपर्छ । अन्न र प्रोटिन प्रधान कुरालाई ३० प्रतिशत, हरियो तरकारी र सलाद फलफुललाई ७० प्रतिशतको दरले मिलाउने अथवा लगभग ३ बराबर अन्न १ भाग, हरियो तरकारी १ भाग, सलाद फलफुलका १ भागका दरले मिलाउने मानिसलाई कब्जीयतको सिकायत कहिल्यै हुँदैन जसले रक्तसञ्चार र स्वास संचाल सुचार रुपले संचालन भई जीउ चङ्गा जस्तै हलुका भई रहन्छ र कुनै जीर्णदीर्घ रोगबाट सदा मुक्त रहन सक्छ ।
रीरलाई लचिलो राख्न कस्तो बिहार गर्ने ?
शरीरलाई बलियो बनाउँन नियमित व्यायाम गर्ने ब्यायामहरु मध्ये सबै जोर्नीहरु संचालन हुने योगासन ब्यायामहरु उत्तम हुन्छन् । बेलामा सुत्ने, बेलामा उठ्ने, बिहान सँधैं ब्रम्हमुर्हुतको समयमा उठ्ने र व्यायाम गर्ने, मेरुदण्ड सदा सोझो खुकुलो राख्ने, दिसा, पिसाव, निन्द्रा, भोक, प्यास जस्तो बेगलाई नरोक्ने, खाना खाँदा शान्तपूर्वक चपाएर खाने, खाना खाने वित्तिकै उत्तेजक गतिविधि नगर्ने, काम र आरामको तालमेल मिलाउने । शरीरलाई मापदण्ड बनाएर कुनै पनि कुरामा अति नगर्ने, शरीरलाई अप्ठ्यारो हुने गरी कुनै पनि गतिविधि नगर्ने, गर्दा समय सदा लचिलो हुन जान्छ ।
शरीरलाई लचिलो राख्न कस्तो बिचार गर्ने ?
उचित आहार र विहारको साथमा जबसम्म उचित विचार हुँदैन तबसम्म उपयुक्त आहार विहारको लाभ पूर्णरुपले प्राप्त हुन सक्दैन त्यसैले आहार विहार भन्दा बढी महत्वपूर्ण उचित विचार हुन आउँछ । उचित विचार के हो थाहा पाउँन अनुचित विचार कहाँबाट आउँछ ? थाहा पाउनुपर्छ ।
अनुचित विचार कहा“बाट आउ“छ ?
मानिसले गर्ने आहार विहार र विचारमध्ये विचार सबैभन्दा महत्वपूर्ण कुरा हो । विचार मिल्यो भने कहिले काहिँ आहार र विहार नमिल्दा पनि त्यति हानी हुँदैन ।  अनुचित विचार  विचारहरु कहाँबाट आउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । विचार रहने ठाउँ भनेको यो मन नै हो । अनुचित र उचित विचार बस्ने घर नै मन हो । तर मनको केही दोष हुँदैन । विचार गर्ने व्यक्तिले नै हो । त्यसैले व्यक्तिले गर्ने मनपर्ने र मननपर्ने भाव हो । अनुचित विचार ढाँचामा रहँदा मान्छेले जे मन पर्छ खाने नपरे नखाने गर्दछ, मन परे गर्ने मन नपरे नगर्ने हुन्छ । मन परेको विषय,  बस्तु वा परिस्थिति भए वा पाए खुसी हुने नपाए दुःखी हुने विचार ढाँचाको कारणले जीवनको पाइला पाइलामा तनाव नै भई रहन्छ किनभने मनपरेको लोप हुने मन नपरेको आईपर्ने घटना जीवनको पल पलमा भई नै रहन्छ यसबाट सिद्द हुन्छ कि मनपर्ने र मननपर्ने भाव अनुचित हुन्छ । अर्को अनुचित विचार ढाँचाको उत्पत्ती स्रोत मान्ने र नमान्ने भाव हो । यो भावको आधार पनि मनपर्ने र नपर्ने हुन्छ । मन परे मान्ने मन नपरे नमान्ने हुन्छ । यी ४ वटा भावको आधारमा काम गर्दा अनुचित विचार उत्पत्ति हुन्छ । त्यसैले अनुचित विचारबाट मुक्त हुन मन पर्ने र नपर्ने आधारमा र मान्ने र नमान्ने आधारमा केही नगरी हो कि होइन भनी विचार गरेर सत्य बुझ्ने काम गरेमा उचित विचारको जन्म हुन्छ । मनोगत आधारमा होइन, बस्तुगत आधारमा विचार गरी, शरीरलाई मापदण्ड बनाएर के गर्नुपर्छ के गर्नु हुँदैन भनेर गर्ने काम नै उचित हुन जान्छ । 
मन पर्ने, मन नपर्ने, मान्ने नमान्ने ढाँचामा जाँदा बादविवाद, मतभेद हुन जान्छ । बादविवाद गरेर सत्यको पत्ता लाग्दैन विचार गरे मात्र सत्यको बोध हुन्छ । हाम्रो काम विचार गर्नु हो । विचार बनाउनु होइन । नगर्नुपर्ने काम नगरेपछि हुनुपर्ने स्वतः हुन थाल्दछ । मानिसले खाजेको निरोग आनन्द हो त्यो यही नै हाम्रो स्थिति हो । यो नगर्नुपर्ने काम नगरे पनि स्वतः कायम रहन्छ ।
कस्तो विचार अनुचित हुन्छ ?
मनमा अनुचित विचारले बास गर्दा व्यायाम गरे पनि उचित आहार गरेपनि आन्द्राको गति अवरुद्ध भई कब्जीयतको समस्या हुन्छ । श्वास र रक्त संचालनमा बाधा उत्पन्न हुन्छ र विभिन्न समस्या प्रकट हुन्छ । मनमा कुनै अनिष्ट होला भन्ने भय जाग्दा अरुप्रति प्रतिशोध र क्रोधको भाव जाग्दा आफ्नो हक नभएकोमा लोभ गर्दा, अर्काको उन्नतीमा डाहा र इष्र्या जाग्दा, श्वास फुलेको अनुभव सबैले गरेको हुनुपर्छ । श्वास फुलेपछि रक्तसंचालनमा र श्वास संचालनमा बाधा पुग्छ नै । त्यसैले श्वास फुलाउँछ र मुटु ढुकढुक गराउन म्याराथुन डौडमा भाग लिनु अनिवार्य छैन मनमा जागेको विचारको शक्ति म्याराथुन डौडबाट उत्पन्न शक्तिभन्दा कयौं गुणा प्रचण्ड हुन्छ । त्यसैले शरीरलाई लचिलो बनाई राख्न कब्जकारक अथवा अनुचित विचारको सट्टा सकारात्मक र उचित विचारलाई नै मनमा राख्नु अति आवश्यक छ ।
कुनै पनि अनिष्टको सम्भावनाबाट पनि निर्भय रहनु , अरुको उन्नतिमा डाहा इष्र्या नगर्ने,  अरुले के ग¥यो या भन्यो भनेर बदला र क्रोधको भाव नराख्नु उचित र लचिला विचार हुन् । यी विचार उपदेशका लागि मात्र आदर्श कुरा होइनन्, हरेक व्यक्तिको राम्रो स्वास्थ्यको क्रमिक आधार हुन् जसमा भय, इस्र्या, लोभ, प्रतिशोध, क्रोध, असन्तुष्टिको विचार रहन्छ । ऊ राती राम्रोसँग सुत्न सक्दैन र विहान उठेर खलास हुने गरी दिसा पनि गर्न सक्दैन जसले गर्दा उसका सम्पूर्ण दिन शारीरिक र मानसिक गडबढीमा वित्छ । तसर्थ राम्रो स्वास्थ र दीर्घ जीवनको लागि भय, इष्र्या, लोभ, क्रोध, प्रतिशोध, असन्तुष्टि, छलछाम, बेइमानी, कृतघ्नता, घृणा जस्ता कुविचार त्यागी सद्विचार अंगाल्नु अत्यन्त आवश्यक छ । 
त्यसैले उचित आहार विचार र विचार गरी राम्रो स्वास्थ्य नै दिर्घ जीवन र यौवनको आधार हो । 
(साभार निरोग सुत्र अंक ३, पेज नं ३३)
(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुन्)

सम्बन्धित समाचार