हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने

16.9k Shares

काठमाडौ,  १७ असार ।  हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि कम्पनीले असार १० गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर त्यस अवधिमा सबै नबिके पछि समय थपिएको हो । थपिएको समय अनुसार अब असार २५ गतेसम्म आवेदन दिन सकिने जनाइएकाे छ । 

हिमाल दोलखाले जेठ २२ गतेदेखि ७५% हकप्रद सेयर बिक्री खुला गरेको हो । यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ । हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख २७ मा बुक क्लोज गरेको थियो । वैशाख २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् । 

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।  कम्पनीको हकप्रद सेयरमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । 

हकप्रदमा लक्ष्मी  क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाख कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार