ललितपुर/सातदोबाटो खुमलटार अवस्थित ग्राण्ड एकेडेमीद्धारा दुव्र्यसन विरुद्ध दिवसको अवसर पारी स्कूलकै परिसरमा 'लागूऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२३' विषयक सचेतनामूलक नाटक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । जुन ११ तारिखमा विभिन्न कार्यक्रम गरिँदै विश्वभरी मनाइने यस दिवसलाई यसपालि पनि ग्राण्ड एकेडेमीले निरन्तरता दिएको हो ।
कार्यक्रममा स्कूलका छात्रछात्राहरुले करीब आधा घण्टाको नाटक मञ्चन गरेका थिए । १६ जना विद्यार्थीहरुले अभिनय गरेको उक्त नाटकमा कसरी स्कूलदेखिनै बच्चाहरु लागु पदार्थको दुव्र्यसनी बन्छन् ? र त्यसको लतमा परेपछि कस्तोसम्मको अवस्था सिर्जना हुन्छ भन्ने विषय केन्द्रित थियो ।
कार्यक्रममा बिधार्थीहरुलाई लागु औषध भनेको के हो ? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्न सकिन्छ ? भन्ने कुरा नाटकद्धारा शिक्षा दर्शाइएको थियो ।
कार्यक्रममा सभापतिको आसन स्कूलका प्रिन्सिपल सिमा राईले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा सांस्कृतिक कला विकास समूह, नेपालका कोषाध्यक्ष तथा लोकगायिका रञ्जु कटुवाल हुनुहुन्थ्यो । त्यस्तै समाजका अरु प्रतिष्ठित व्यक्तित्व लगायत पत्रकारहरु पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सह-आयोजक इनर व्हील क्लब अफ सातदोबाटो रहेको थियो भने कार्यक्रम २ बजे शरु भएर ३ बजे समापन भएको थियो ।






