प्रचण्ड–नेपाल समूहको १४ गते देशव्यापी आन्दोलन गर्ने निर्णय 

18k Shares

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले पुस १४ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा १४०१ जनाको संघर्ष समिति बनाइएको छ ।  त्यसैगरी भोलि शुक्रबार बिहान साढे ९ बजे बहुमत केन्द्रीय सदस्य र सांसदहरु उपस्थित भएर सर्वोच्च अदालतसहित निर्वाचन आयोगमा जाने निर्णय भएको छ ।

सम्बन्धित समाचार