जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

18.2k Shares

पाल्पा,  ४ असार । तानसेन नगरपालिका-१ भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार