15.9k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट निवर्तमान सांसदहरुसँग छलफल गरिरहेका छन । अहिले बालुवाटारमा ओली निकट निवर्तमान सांसदहरुको भेला भइरहेको छ ।
भेलामा पूर्व माओवादीबाट कोटाबाट मन्त्री बनेका लेखराज भट्ट उपस्थित छन् । ओलीले संसद विघटन गरेपछि पूर्वमाओवादीबाट मन्त्री बनेकाहरुले राजीनामा दिए पनि भट्ट र रामबहादुर थापा बादलले भने राजीनामा दिएनन् । आइतबारै नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।