कस्तो छ राष्ट्रपतिको स्वास्थ्यवस्था ?

18k Shares

काठमाडौं, ३० जेठ/राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति  पौडेललाई भर्ना गरिएको जानकारी दिए । 

निर्देशक डा. अधिकारीका अनुसार उनका चिकित्सको सल्लाह अनुसार राष्ट्रपति  पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ ।  बुधबार डिस्चार्ज गर्ने तयारी भएको अधिकारीले जानकारी दिए ।

यसअघि अस्वस्थ भएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उहाँलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

सम्बन्धित समाचार