रौतहटबाट अवैध रूपमा नेपाल ल्याइएको सामान बरामद

16.5k Shares

रौतहट, ३० जेठ  । रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार इलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो ।

यसैगरी नम्बर ३४ गण कैलालीले जेठ २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चटकपुर इलाकाबाट भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित समाचार