राप्रपा केन्द्रीय सदस्य देवकोटाद्वारा राजीनामा घोषणा

19.8k Shares

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य सुशील देवकोटा (जुम्ला) ले राजीनामा दिएका छन् । व्यक्तिगत समस्याका कारण पार्टीका गतिविधिमा समय दिन नसक्ने भएकाले आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको देवकोटाले जानकारी दिए । 

उनले आइतबार नै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका छन् । तत्कालीन रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझाको तर्फबाट उनी केन्द्रीय सदस्य मनोनीत भएका थिए । गत वर्षको असोज ३१ गते उनी मिश्र पक्षको प्रतिनिधित्व गर्दै  पार्टीको केन्द्रीय सदस्यमा मनोनयन  भएका थिए ।

सम्बन्धित समाचार