जसपाको कार्यकारिणी समितिको बैठक सुरु

16.6k Shares

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

असार १० गतेदेखि काठमाडौँमा विधान अधिवेशन सुरु हुने भनिएको छ । जसपा अन्तरिम संविधानका आधारमा चलिरहेको छ । त्यही भएर विधान अधिवेशन गर्न लागिएको हो । विधानलाई समय सान्दर्भिक बनाउँदै पार्टीको महाधिवेशन पनि गराउने निर्णय पनि विधान अधिवेशनले गर्ने बताइएको छ ।

सम्बन्धित समाचार