१० महिनामा १२ लाखको अक्टोपस आयात

18.7k Shares

काठमाडौं, २७ जेठ  । चालू आर्थिक वर्ष २०८९/८० को १० महिनाको अवधिमा १२ लाख रुपैयाँको अक्टोपस आयात भएको छ । भन्सार विभागले दिएको जानकार अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको अक्टोपस भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ३४० किलोग्राम अक्टोपस भित्रिएको विभागको तथ्यांक छ । उक्त परिणामको अक्टोपस आयात हुँदा राज्यले ५ लाख ९५ हजार रुपैयाँ राजश्व उठाएको छ । नेपाल भित्रिएको सम्पूर्ण अक्टोपस थाइल्याण्डबाट आउने गरेको तथ्यांक छ । नेपालमा सी फूडको प्रचलन बढ्दै जाँदा अक्टोपस लगायत विभिन्न प्रकाकार समुन्द्री माछाको आयात वर्षेनी बढ्दै गइरहेको छ ।
 

सम्बन्धित समाचार