करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु

18.6k Shares

काठमाडौं, २५ जेठ/मोरङको सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ वर्षीय लक्ष्मी सरदार रहेका छन् । आज बिहान साढे १० आफ्नै घर पछाडि रहेको रुखमा आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाइते भएका थिए ।

घाइते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सम्बन्धित समाचार