19.4k
Shares
काठमाडौँ । फिल्म ‘अगस्त्य: च्याप्टर वान’को छायाङ्कन सुरु भएको छ । भारतको गोखरपुर मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएके हो । फिल्मका निर्देशक सौरभ चौधरी हुन् । ६० दिनको सेड्युल राखिएको फिल्मको २५ दिनसम्म गोखरपुरमा नै छायाङ्कन हुनेछ । त्यसपछि नेपालको नवलपरासी, भैरहवा र काठमाडौँमा छायाङ्कन हुने निर्देशक चौधरीले बताए ।
सौगात मल्ल, नाजिर हुसेन र मालिका महतको मुख्य भूमिका रहने फिल्मको गोखरपुरमा सेट बनाएर छायाङ्कन गर्न लागिएको हो । सौगात र नाजिरको एक्सन समेत रहने फिल्म दुई शृङ्खलामा बन्न लागेको हो । फिल्ममा प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बरालको पनि अभिनय रहनेछ ।