कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

18.9k Shares

कैलाली, १८ जेठ ।  कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट इशारादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो।धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल र चालक चुरे गाउँपालिका वडा नम्बर ३ का ठक्करबहादुर लामामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार