५०० रुपैयाँले बढ्यो सुनको भाउ

16.9k Shares

काठमाडौ,  १८ जेठ । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उचाइमा पुगेकाे छ। बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो। 

सम्बन्धित समाचार