गलत ऋण प्रवाहका कारण संकटमा प्रभु बैंक

19.4k Shares

काठमाडौं । मुलुक अहिले चरम आर्थिक मन्दीतर्फ धकेलिँदै गइरहेको छ । आर्थिक मन्दीकै कारण कतिपय चलेका सहकारीहरुले निक्षेपकर्ताहरुलाई रकम फिर्ता गर्न नसक्दा कतिपय सहकारी नै बन्द गरी सम्पर्क विहिन बन्न बाध्य भएका छन् । यस्तै आर्थिक चरम मन्दीकै कारण चलेका राम्रा बैंकहरुलाई पनि असर गरेको पाइएको छ ।

‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराव कर्जाको दलदलमा फसेका कारण यो बैंक संकटमा पर्ने अवस्थामा पुगेको स्रोतले दाबी गरेको छ । यो अवस्था लम्बिदै गए प्रभु बैंकमा निक्षेपकर्ताको रकम जोखिममा पर्न सक्ने देखिन्छ । बैंकका सिइओ शेरचनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड, देउराली सहकारीका विवादित अध्यक्ष रविन्द्र चौंलागाईंलाई अरबौं ऋण, शिव शिखर एग्रोलाई ७५ करोड, भूमि इन्फ्रास्ट्रक्चर र नेपाल जनरल मार्केटिङको नाममा ठूलो रकम कर्जा लगानी गरेको स्रोतले दाबी गरेको छ । अझ रबिन्द्र चौंलागाईंले चढ्ने ल्याण्डक्रुजर गाडीमा लगानी गरेको प्रभु बैंकका कर्मचारीले किस्ता नतिरेको वर्षदिन पुग्न लाग्दासमेत सो गाडीलाई तान्ने आँटसम्म नगरेको सातदोबाटोस्थित प्रमु बैंकका एक कर्मचारीले बताएका छन् । बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लगानी गरेको अर्ब बढी ऋण रकम उठाउन नसकिने भन्दै कर्जा विभागले सिइओ समक्ष रिपोर्ट गरिसकेको भएपनि बैंकले रिपोर्टमा सो खराव कर्जाको विषय गुपचुप राखेको छ । यसअघि सोही प्रकृतिको जानकी मेडीकल कलेजमा लगानी भएको रकम पनि डुबिसकेको छ ।

सातदोबाटो केन्द्रीय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौंलागाईंले प्रमु बैंकसँग अरबौं ऋण लिए पनि त्यसको साँवा र ब्याजसमेत नबुझाएका कारण केही दिन अगाडि सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ संचालक बनी सुमेरुको सम्पत्ति पनि धरासाही पार्ने उद्देश्यले बैंकका कर्मचारीहरु सुमेरु मार्टमा रहेको जग्गा देखाउनसमेत पछि परेका थिएनन् । रविन्द्र चौंलागाईंसँग फसेको अरबौं ऋण उठाउनको लागि सुमेरु मार्टको जग्गा हेर्न दैनिकजसो प्रमु बैंकका जिम्मेवार अधिकारीहरु हेर्नसमेत आउने गरेका थिए ।

त्यसैगरी, व्यवसायी दुर्गा प्रसाईँ जो आफैंले एउटै बैंकबाट मात्र अर्ब बढी रकम कर्जा लिएका छन् उनैले खुलेआम बैंकको ऋण नतिर्ने अभियाननै सञ्चालन गरेका छन् । उनले आफु मात्र होइन अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुलाई समेत बैंकको ऋण नतिर्न हौस्याएका छन् । यो कुराको बैंक वित्तीय संस्थाले आपत्ती जनाउन थालेपछि आफ्नो भनाईलाई सँच्याउँदै व्याज घटाएमात्र ऋण तिर्न भन्दै आएका छन् । यिनै कुरालाई हेर्दा प्रभु बैंकबाट प्रसाइँले लिएको ऋण र चौंलागाईंले लिएको अरबौं ऋण सजिलै फिर्ता आउने देखिँदैन । उनिहरुमाथि लगानी गरेको रकम डुब्ने निश्चितजस्तै छ ।

प्रभु बैंकले प्रवाह गरेका ऋण धेरैजसो खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । त्यस्तै बैंकबाट ७५ करोड कर्जा लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा पनि यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् । यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा फरार छन् भने अन्य सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी यसअघि पक्राउ परिसकेका छन् । यसरी गलत पात्र र तिनका कम्पनीहरुमा लगानी भएको बैंकको रकम नउठ्ने जोखिम बढ्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको हो ।

बिग मर्जरमा जानु अघिनै बैंक कमजोर रहेको थियो । आफ्ना कमजोरी लुकाउन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले धेरै हत्कण्डा अपनाउने गरेका छन् । चैत मसान्तसम्म बैंकले देखाएको रिपोर्ट अनुसार बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.४८ प्रतिशत पुगेको छ । तथापी यो तथ्यांक भन्दा अझ धेरै खराव कर्जा छ । जसलाई बैंकले गुपचुप अवस्थामा राखेको छ ।

अघिल्लो वर्ष एनपीएल १.२१ प्रतिशतमा सीमित रहेको बैंकको खराव कर्जा आगामी असार मसान्तसम्म १० प्रतिशत पुग्ने देखिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले विभिन्न ठुला गु्रपसँग मिलेर व्यवसाय संचालन गरिरहेका छन् । जसमा उनी आफै प्रत्यक्ष संलग्न भएर कर्जा प्रवाह गरेको देखिन्छ । बैंकले करिव १० अर्ब डुवेको रकम रिपोर्टमा देखाएको छैन ।

बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोमिम तर्फ गएको हो । बैंकको खराव सुचकांक बढ्दै गएको छ । बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ । ठूलो र बलियो बन्ने होडबाजीले प्रभु बैंकले हालै सेन्चुरी बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार गरेको छ । प्रभु बैंकले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको हो । सेन्चुरी बैंकबाट पनि देउराली सहकारीका विवादित र निक्षेपकर्ताहरुको अगाडि समेत पर्न नसक्ने अवस्थामा पुगेका रविन्द्र चौंलागाईंले करोडौं ऋण लिएको र सो ऋणको सावाँ र ब्याजसमेत नतिरेका कारण सेन्चुरी र प्रभु गाभिदा झन प्रमु बैंकलाई सिधै असर पर्दा प्रभु बैंक कुनै पनि बेला धरासाही अवस्था आउन सक्छ ।

हाल बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला कायम छन् भने प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन शेरचनको अवधि सकिएपछि जबरजस्त बैंक मर्जर गराएर उनलाई फेरि सिइओ बनाइएको हो । उनको यस अघि आठ बर्ष अर्थात् दुइ कार्यकालको अवधि पुरा भइसकेको छ । सो भन्दा बढी एउटै बैंकमा बस्न नमिल्ने राष्ट्र बैंकको नियमामवलीमा उल्लेख छ ।

सम्बन्धित समाचार