भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने हुन्छ : मन्त्री किराती

18.2k Shares

काठमाडौं, १५  जेठ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध युद्धनै छेड्नुपर्ने बताएका छन् ।  ठूल्ठूला भ्रष्टाचारीहरुलाई ‘ठूला माछा’को संज्ञा दिँदै मन्त्री किरातीले उनीहरुलाई पक्राउ गर्नका लागि पनि भ्रष्टाचार विरोधी अभियानलाई तीव्रता दिनुपर्ने बताए । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको दबाबमा केही ठूला भ्रष्टाचारी पक्राउ परे पनि त्यसका नायकहरुलाई भने खोज्नुपर्ने बताए ।  त्यस अवसरमा मन्त्री किरातीले मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउनका लागि ललितकलाको भूमिका महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित समाचार