काभा वुमन्स भलिबलमा भारत च्याम्पियन

16.2k Shares

काठमाडौ,  १४ जेठ । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।

प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

सम्बन्धित समाचार