जसपा कार्यकारिणी समितिको बैठक बस्दै

19.7k Shares

काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

पटक पटक स्थगित हुँदै आएको विधान अधिवेशन असार ९ गतेका लागि तय गरिएको छ । जसपा दुई मन्त्रालय लिएर केन्द्र सरकारमा सहभागी भएको छ भने मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।  बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार