मोरङ । नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभागको साताब्यापी रक्तदान कार्यक्रम गर्ने अभियान अन्तर्गत मंसिर १२ गते सो बिभाग सदस्य सोभित राज प्रसाईको संयोजकत्वमा मोरङ जिल्लाको बिराटनगर कबर्डहलमा रक्तदान सप्पन्न भयो ।
उक्त रक्तदान प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल रहेका थिए भने रक्तदान कार्यक्रममा बिराटनगर उपमहानगरपालिका मेयर भिम पराजुली, कांग्रेस मोरङ जिल्ला सचिब नागेश कोईराला, आठौ साफ करातेतर्फ स्वर्ण पदक बिजेता प्रबिन राना, कराते अन्तर्राष्ट्रिय रेफ्री बिमल पोखरेल, बिनोद राउत, पुर्ब राष्ट्रिय खेलाडी सरोज सुवेदी, मन्जिल गौतम, इन्द्रजित राजभन्डारी, रुपेश बराल, प्रभाकर राना (रिक्की)लगायत खेलाडी तथा तरुण दल, नेविसंघ नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त रक्तदान १ सय २६ जनाले रक्तदान गरेका थिए ।